कैलालीको भजनी नगर पालिका ४ विजुलीयामा रहेको लौकाहा– भौकाहा समुदायिक वन दर्ता भएको ३ वर्ष वितिसक्दा समेत अझै सार्वजनिक सुनुवाई हुन सकेन

कैलालीको भजनी नगर पालिका ४ विजुलीयामा रहेको लौकाहा– भौकाहा समुदायिक वन दर्ता भएको ३ वर्ष वितिसक्दा समेत अझै सार्वजनिक सुनुवाई हुन सकेन

- in Uncategorized
144
0
images (1)

रेडिायो डौना बेबरी ,   चैत्र १० गते
कैलालीको भजनी नगर पालिका ४ विजुलीयामा रहेको लौकाहा– भौकाहा समुदायिक वन दर्ता भएको ३ वर्ष वितिसक्दा समेत अझै सार्वजनिक सुनुवाई भएको छैन । बचाबन महतौको अध्यक्षतामा संचालित उक्त बन को आय ÷व्याय विवरण स्थानियले पटक पटक माग्दा समेत अध्यक्ष महतौ सहितका बनका पदाधीकारीले सो बारे जानकारी नगराउने गरेको नब निर्वाचित भल्मन्सा उजाली डगौराले बताउनु भयो।
स्थानिय व्यक्ति , बृद्धिजिवि , समाजसेवी लगायतले यथासिर्घ सार्वजनिक सुनुवाई गर्न बनका पदाधीकारीलाई आग्रह गरेता पनि सो को व्यवास्ता गर्दै लौकाहा÷भौकाहा सामुदायिक वनका पदाधीकारीले अटेर गर्दै आएको स्थानियको भनाई रहेको छ। बसन्ता संरक्षित वन क्षेत्र समेटीएको उक्त वन हाताभित्र ठेकेदारले टहरा बनाई बसेको अवस्थामा समेत सामुदायिक वन का पदाधीकारी मौन रहेको भन्दै सो सामुदायिक वनको सार्वजानिक सुनुवाई संगै बन अतिक्रमण गरी बसेकाहरुलाई समेत सो क्षेत्र बाट हटाउन सम्पुर्ण निकायसंग उपभोक्तालहरुले आग्रह समेत गरेको छन।

त्यस्तै उता,
कैलालीको भजानी नगर पालिका ४ मा रहेको लौकाहा÷भौकाहा ताल नगर पालिकाको मिलेमतोमा कोहलपुरका प्रदिप कुमार शाहालाई ठेक्का दिएको छ । स्थानियलाई थाहै नदिई लौकाहा भौकहा सामुदायिक बन हाताभित्र रहेको सो ताल नगर पालिका को मिलेमतोमा ८ लाख मा कोहलपुर ४ किरणनाला बांके बस्ने शाहालाई ठेक्का दिएको स्थानिय भल्मन्सा उजाली डगौराले बताउनु भयो । ८६५ हेक्टर क्षेत्रफलमा फैलिएको सो ताललाई पहिले देखिनै स्थानियहरुले संरक्षण गर्दै आएका थिए । ताललाई माछा पालन संगै सिचाई को लागि स्थानियले प्रयोग गरी आय आर्जन मुखी बनाउने लक्ष्य रहेता पनि स्थानियलाई थाहै नदिई नगर पालिकाले आफु बाट ताल खोसेको स्थानिको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर