नगर प्रमुख चौधरीमाथी खुकुरी र गोली प्रहार गरेको आरोपमा तीन जना पक्राउ,

नगर प्रमुख चौधरीमाथी खुकुरी र गोली प्रहार गरेको आरोपमा तीन जना पक्राउ,

- in Local
142
0

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि साघातिक आक्रमणको आरोपमा तीन जना पक्राउ परेका छन् । चौधरीलाई उनकै निवासमा गोली र खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई सोधपुछका लागि पक्राउ गरीएको प्रदेश नम्बर ७ का प्रहरी प्रमुख एआईजी माधव नेपालले बताए । पक्राउ व्यक्तिहरु विप्लवको कार्यकर्ता रहेको जनाईएको छ ।
उनीहरुसंग सोधपुछ जारी राखीएको र अन्य संलग्नको खोजी भईरहेको नेपालले बताए ।
नगर प्रमुख चौधरीको अहिले कोहलपुर मेडीकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था खतरामुक्त भएपनि टाउकोमा चोट लागेकोले थप उपचारका लागि काठमाण्डौ लग्ने तयारी भैरहेको नेपालले बताए । उनलाई हेलिकप्टर मार्फत काठमाण्डौ लग्ने तयारी भैरहेको उनले बताए ।
घट्ना स्थलबाट प्रहरीले गोलीको एउटा खोका बरामद गरेको एआईजी नेपाललको बताउदै प्रहार गरिएको गोली पेस्तोलबाट चलाईएको बताए ।
सोमबार राति ८ बजेर १० मिनेटमा अज्ञात समुहले चौधरीलाई उनकै निवासमा गोली र खुकुरी प्रहार गरेका थिए । प्रहरी प्रमुख घिमिरेका अनुसार नगर प्रमुख चौधरीको टाउकोमा खुकुरी र कम्मर मुनि गोलीको छर्रा लागेको छ ।
चौधरीमाथि गोली र खुकुरी प्रहार गरेपछि दुई जना मोटरसाईकलमा र दुई जना नगर प्रमुख घरबाट पश्चिमतर्फ रहेको जंगल तिर फरार भएका थिए । से २ प ३६७१ नम्बरको मोटरसाईकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ । सो मोटरसाईकलमा आक्रमणकारी आएका थिए ।
चौधरीको घरभन्दा ३० मिटर दुरीमा रहेको रामबहादुर महराले आक्रमण हुन थालेपछि नगर प्रमुख चौधरीले बचाउ भनेको सुनेर घरमा पुगेको र आक्रमणकारी भागेको बताए । महरालेनै चौधरीलाई सुखडको घोडाघोडी अस्पतालमा मोटरसाईकलमा राखेर पुर्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर