घोडाघोडीका मेयर ममता चौधरीको काठमाण्डौंको शिक्षण अस्पतालमा उपचार हुँदै

घोडाघोडीका मेयर ममता चौधरीको काठमाण्डौंको शिक्षण अस्पतालमा उपचार हुँदै

- in Uncategorized
123
0
29134005_551533818550742_3041123558572473881_n

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको काठमाण्डौको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार सुरु गरिएको छ । नेपालगंजमा उपचार गरेपछि आज नेपाली सेनाको हेलिकप्टरवाट काठामण्डौ लगेर उपचार थालिएको हो ।गए राति सवा ८ वजेतिर संघातिक आक्रमणवाट मेयर चौधरी गम्भीर घाईते भएपछि आज विहान उनलाई काठमाण्डौंमा उपचारका लागि लगिएको हो ।
अज्ञात समुहले चौधरीलाई उनकै निवासमा गोली र खुकुरी प्रहार गरेको थियो । नगर प्रमुख चौधरीको टाउको खुकुरी र कम्मर मुनि गोलीको छर्रा लागेको छ । घटना लगतै उपचारका लागि घोडाघोडी अस्पताल पु¥याइएका चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज हुँदै त्यहाँवाट काठमाण्डौ लगेर उपचार थालिएको हो ।यस्तै घटनामा संग्लन भनिएका तीन जनाको वारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ
३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर चौधरीलाई आक्रमण गरेको वताईएको छ ।घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाईकल बरामद गरेको छ ।मोटर साइकल कसको हो भन्ने खुलि नसकेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर