छैटौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह

छैटौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह

- in Local
55
0
10297610_474405592690840_6966661024761952337_n

२०७४ मंसिर ०३ आइतवार

छैटौ राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा करदाता शिक्ष्ाँ तथा अन्तरकृया कार्यक्रम आज कैलालीको घोडाघोडी नगरपालीका १ सुखडमा सम्पन्न भएको छ । हाम्रो पौरख हाम्रो कर , राष्ट निर्माणको दिगो भर भन्ने मुल नाराका साथ आन्तरिक राजस्व कार्यालय कैलाली र घोडाघोडी उद्योग वाणिज्य संघको सयुक्त आयोजनामा कर सम्वन्धी यस क्षेत्रका सम्पुर्ण उद्योगी व्यवसायिहरुलाई जानकारी गराउनेको लागी कार्यक्रम सन्चालन गरिएको हो । घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रकास चौलागाइको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालीका मेयर ममता प्रशाद चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथिमा आन्तरिक राजस्व कार्यालय कैलालीका प्रमुख कर अधिकृत कृष्ण वहादुर वोहरा रहनु भएको थियो ।
प्रमुख अतिथिको आसन वाट वोल्दैै घोडाघोडी नगरपालीका मेयर ममता चौधरीले कर तिर्नु सवैको दायित्व रहेको वताउदै कर वाट नै राज्य चल्ने भएकाले करको प्रकृयामा आउन सवै उद्योगी व्यवसायिहरुलाई अनुरोध गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कैलालीका प्रमुख कर अधिकृत कृष्ण वहादुर वोहराले कर दाता शिक्ष्ाँ सम्वन्धी प्रकास पार्नु भएको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कैलालीका प्रतिनिधीहरु , घोडाघोडी उद्योग वाणिज्य संघका पदाधिकारीहरु , यस क्ष्ँेत्रका उद्योगी व्यावसायि , पत्रकार , सर्वसाधारण लगायतको उपस्थीति रहेको थियो
यसै संग सम्वन्धीत रहेर आन्तरिक राजस्व कार्यालय कैलालीका प्रमुख कर अधिकृत कृष्ण वहादुर वोहरा संग कुराकानी गरेका छौ सुनौ उंहा संग गरिएको कुराकानी

6th National Tax Day_Radio Dauna Bebri 92.4 MHz_news_0803th

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन