कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

- in Local
22
0
Road completed_Radio Dauna Bebri 92.4 MHz_News_0803

२०७४ मंसिर ०३ आइतवार
सांसद पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्तरगत धनगढीको जाई–जाली सडक कालोपत्रे नगरी योजना सम्पन्न भएको बोर्ड लगाईयो भेटीएको छ । कालोपत्रेको योजनाका लागी गत आर्थीक बर्ष सासंद ओझाको निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम मार्फत उक्त सडकका लागी १० लाख बजेट विनीयोजन गरीएको थियो । उक्त सडकमा ग्राभेल र बेस सम्मको मात्रै काम गरेर योजना सम्पन्न भएको बोर्ड लगाईएको छ । बोर्डमा उपभोक्ताहरुबाट थप बजेट संकलन गरी कालोपत्रेको काम सम्पन्न भएको उल्लेख गरिएपनि फिल्डमा हेर्दा सडक कालोपत्रे गरिएको छैन ।
सासंद पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्तरगतका योजनाहरुमा एक पछि अर्को अनियमितता भेटिन थालेका छन । भगवती टोलमा पक्की गरिएको सडकमा अनियमीतता भएको खबर लगत्तै धनगढी उप–महानगरपालीका वडा नम्बर ५ जाईको भैरव मन्दीर हुँदै जाली जाने सडक कालोपत्रेका लागि आएको बजेटमा पनि अनियमितता भएको छ ।
सडक कालोपत्रै नहुदै जनताको आँखामा छारो हाल्ने गरि योजना सम्पन्नको बोर्ड झुण्ड्याईएको स्थानीय दिनेश खड्काले बताउनुभयो । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ जाईको भैरव मन्दीर हुँदै जाली जाने सडक सुरु हुने वित्तीकै लगाईएको बोर्डमा जेठ ३० गते नै कालोपत्रेको योजना सम्पन्न भईसकेको उल्लेख गरीएको छ । त्यसमा सासंद ओझाको निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमको १० लाख र जनश्रमदान मार्फत स्थानीयको १ लाख २४ हजार गरी ११ लाख २४ हजारको बजेट उल्लेख गरीएको छ । सडक कालोपत्रेका लागी निर्माण व्यवसायी समेत रहनुभएका स्थानीय बासीन्दा बम वहादुर शाहलाई उपभोक्ता समितीको अध्यक्ष बनाईएको थियो ।
उपभोक्ता समितीले आधा बजेट फ्रिज गएकाले कालोपत्रे हुन नसकेको बताए पनि स्थानीय बासीन्दाले विश्वास गरीरहेका छैनन् । स्थानीय बासीन्दाले कागजमा काम गरेर अनियमितता गर्न खाजेको पनि आसंका गरेका छन् । आर्थीक बर्षको अन्त्यतिर आएर मात्रै उपभोक्ता समिती गठन भएकाले समयमै काम गर्न नसक्दा योजना अधुरै रहेको उपभो समितीका अध्यक्ष बम वहादुर शाहले बताउनुभयो । विगतको सासंद विकास कोष अर्थात अहिलेको निर्वाचन क्षेत्र पुर्वाधार विशेष र विकास कार्यक्रममा विगतदेखी नै सासंदका आसेपासेले अनियमितता गरिरहेका छन ।

About the author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

छैटौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह

२०७४ मंसिर ०३ आइतवार छैटौ राष्ट्रिय कर दिवस