वैदेशिक रोजगारीको शिलशिलामा सात वर्षको अवधिमा ४ हजार ३ सय २२ जना को मृत्यु

वैदेशिक रोजगारीको शिलशिलामा सात वर्षको अवधिमा ४ हजार ३ सय २२ जना को मृत्यु

- in National
24
0
Death People_Radio Dauna Bebri 92.4 MHz_News_0802th

२०७४ मंसिर ०२ शनिवार
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको निधन तथा त्यससँग सम्बन्धित विषयमा सर्वोच्च अदालतले सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बिहीबार प्रधानमन्त्री र मन्त्रीपरिषदको कार्यालय, श्रम तथा रोजगार मन्त्रालयसहित अन्य सम्बन्धित मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको नाममा निर्देशनात्मक आदेश दिएको हो ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको निधन भएपछि उनीहरुको शव नेपाल ल्याउन तथा मृतकका परिवारले पाउनु पर्ने आर्थिकसहितका राहत प्याकेज पाउन समस्या देखिएको भन्दै अदालतले तत्काल यसविषयमा संयन्त्र बनाएर काम गर्न आदेश दिएको छ ।
रोजगारीका लागि विदेशमा भएका नेपाली कामदारको निधनको कारण नखुलाई शव पठाइदिने क्रम बढेको र यसले मृतकका परिवारले पाउनु पर्ने अधिकार नपाएको भन्दै सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्च र पौरखी नेपालले २०७३ फागुन २० गते रिट दायर गर्नुभएको थियो ।
शव ल्याउने र घरसम्म र्पुयाउन प्रक्रिया व्यवस्थित गर्न, मृतकको पोष्टमार्टम, शव नेपाल ल्याउँदा लाग्ने खर्च सरकारले व्यवस्था गर्नुपर्ने तथा विदेशमा रहेका निकाय मार्फत यसको समन्वय गर्न पनि अदालतले आदेश दिएको छ । यस्तै अन्तर्रा्ष्ट्रिय श्रम ऐन कडा रुपमा लागु गराउनका लागि पहल गर्न पनि आदेशमा भनिएको छ ।
नेपालबाट स्वास्थ्य परिक्षणमा पास भएर गएका कामदारको सुतेकै ठाउँमा ज्यान जानुमा प्राकृतिक कारण मात्रै हुन नसक्ने भन्दै त्यसको विषयमा पनि अनुसन्धान गरिनुपर्ने र स्वास्थ्य परिक्षणलाई प्रभावकारी बनाउन पनि भनिएको छ ।
कार्यक्षेत्रमा हुने र सडक दुर्घटनामा ज्यान जाने नेपालीको सङख्या पनि धेरै रहेको भन्दै विदेश जानु अघि दिइने अभिमुखिकरणलाई प्रभावकारी बनाइनुपर्ने र यस्ता कुरा श्रम सम्झौता गर्ने बेलामै हुनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ । रिटमा अधिवक्ता हरि फुयाँल, बरुण घिमिरे र अनुराग देवकोटाले बहस गरेका थिए ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्याङ्क अनुसार सन् २०१४र१५ मा प्रत्येक एक हजार जनामध्ये २ जनाका दरले १ हजार ४ जना जनाको मृत्यु भएको छ । यस्तै सन् २००८र९ देखि सात वर्षको अवधिमा ४ हजार ३ सय २२ जनाको ज्यान गएको छ । ती मध्ये ९७ प्रतिशत खाडीका देश र मलेसियामा मृत्यु भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
सडक दुर्घटना, सुतेकै ठाउँमा ज्यान जानु वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युको मुख्य कारण देखिन्छ । त्यसरी ज्यान गएको नेपालीको शव नेपाल पठाउँदा २० प्रतिशत भन्दा धेरैको मृत्युको कारण उल्लेख गरिएको हुँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन