चमेलिया जल विद्युत आयोजनाको बिजुली पुष दोस्रो हप्ता भीत्रै उत्पादन हुने

चमेलिया जल विद्युत आयोजनाको बिजुली पुष दोस्रो हप्ता भीत्रै उत्पादन हुने

- in National
63
0
Chameliya Jalbidhut Ayojana_Radio Dauna Bebri 92.4 MHz_News_0802th

२०७४ मंसिर ०२ शनिवार
लामो समय देखि प्रतिक्षारत चमेलिया जल विद्युत आयोजनाको बिजुली अब पुष दोस्रो हप्ता भीत्रै उत्पादन हुने भएको छ । ३० मेघावाट क्षमताको आयोजनाको सबै काम सम्पन्न भइसके पछि तीन हप्ता देखि परिक्षणको काम भईरहेको छ । अबको छ हप्तासम्म यो क्रम जारी रहने र पुष दोस्रो साताभित्र चमेलियाको विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडिने आयोजनाले दाबी गरेको छ । आयोजनाको चार किलोमिटर लामो सुरुङ, १ सय ३१ किलोमिटरको प्रशारण लाईन र बिद्युत गृहमा सबै उपकरण जडान भईसकेका छन ।
२०६३ पुष देखि सुरु भएको आयोजना २०६८ मंसिरमा सम्पन्न गर्नुपर्ने भएपनि चार पटक म्याद थपेर यसै वर्षको डिसेम्बर भीत्रै सम्पन्न हुने आयोजनाको सिविल तर्फका ईन्जिनियर बिभुषण चालिसे बताउनुभयो । सुरुमा आठ अर्ब लागतमा निर्माण हुने भनिएको आयोजना बिभिन्न कारणले चार चोटी म्याद थपिएर हालसम्म आइपुग्दा लागत बढेर झण्डै दोब्बर १५ अर्ब रुपैया पुगेको छ ।
आठ सय ४३ मिटर सुरुङ खुम्चिनु, संसदीय लेखा समितिले छानबिन गर्नु लगायत बन्दहडतालले गर्दा आयोजना ढिलो भएपनि सुक्खायामको पिक आवरमा पनि पूर्ण क्षमतामा संचालन हुने आयोजना प्रमुख अजय कुमार दाहालको भनाई छ । बैतडी र दार्चुलाको सिमाना भएर बग्ने चमेलिया नदीमा निर्माण भएको आयोजनाले कैलालीको अत्तरियासम्म एक सय ३२ केभीको एक सय ३१ किलोमिटर लामो प्रशारण लाईन निर्माण गरि परिक्षण पनि गरिसकेको छ ।
प्रशारण लाइनले चमेलिया आसपासमा निजी लगानीमा निर्माण भइरहेका करीब दुई सय मेगावाटका अन्य आयोजनाहरुले पनि प्राधिकरणलाई विद्युत विक्रि गर्न सक्ने आयोजना प्रमुख दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन