पहिलो चरणमा निर्वाचन हुने प्रदेश ७ का ४ जिल्लाहरुको तयारी अन्तिम चरणमा

पहिलो चरणमा निर्वाचन हुने प्रदेश ७ का ४ जिल्लाहरुको तयारी अन्तिम चरणमा

- in National, Politics
24
0
Election Commission Nepal_Radio Dauna Bebri 92.4 MHz

२०७४ कार्तिक ३० बिहीवार
पहिलो चरणमा मंसीर १० गते निर्वाचन हुने प्रदेश नम्वर ७ का ४ जिल्लाहरुको तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो चरणको निर्वाचन हुन झण्डै डेढ साताको समय वाँकी रहँदा पहिलो चरणमा निर्वाचन हुने दार्चुला वैतडी वझाङ र वाजुरामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो । चारै जिल्लामा सुरक्षा निकाय निर्वाचन कार्यालयका कर्मचारीहरु आवश्य तयारीमा खटिन थालेका छन ।
निर्वाचन सम्पन्न गर्नका लागि तीन वटै सुरक्षा निकायहरु खटाईएको क्षेत्रमा जान थालेका छन । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीहरु सहित तीन वटै सुरक्षा निकाय र म्यादी प्रहरीहरुलाई मतदान केन्द्रहरुमा पठाउन थालिए वझाङका प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताउनुभयो । मतदाता शिक्षा कार्यकर्ताहरु गाउँ गाउँ खटिएका छन भने कर्मचारीहरु घटन पठनको काम पनि सकिने अवस्थामा पुगेको छ ।
देशका अन्य स्थानमा सुरक्षा विरोधी गतिविधि भईरहँदा प्रदेश नम्वर ७ का चार जिल्लाहरुमा भने त्यस्ता घटनाहरु भएका छैनन् । पहाडी जिल्लाहरुमा उम्मेदवारहरुले चुनावी प्रचार प्रसार गरिरहेका वेला धेरै मतदाताहरु खेतीपातीमै व्यस्त छन । उच्च हिमाली भेगमा हिउँ पर्ने लगायत कतिपय स्थानमा भौगोलिक समस्याले पनि निर्वाचनमा सहभागी हुनवाट मतदाताहरु वन्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।
तर मतदाताहरुको वढी सहभागीताका लागि पनि प्रयास गरिरहेको वाजुराका प्रमुख जिल्ला अधिकारी लुकवहादुर क्षेत्रीले बताउनुभयो । चार वटै जिल्लाहरुमा निर्वाचनलाई सम्पन्न गराउने अधिकारीहरु निर्वाचनको समयको पर्खाईमा रहँदा मतदाताहरु पनि मतदान गर्नका लागि व्यग्र प्रतिक्षा गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन