पश्चिम सेती जलविद्युत आयोजना विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेज कम्पनीले बनाउने

पश्चिम सेती जलविद्युत आयोजना विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेज कम्पनीले बनाउने

- in National
23
0
Paschim Seti Jalbidhut Aayojana_Radio Dauna Bebri 92.4 MHz_news_0730

२०७४ कार्तिक ३० बिहीवार
सातसय ५० मेगाहर्जको पश्चिम सेती जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेज इन्टरनेश्नल कम्पनीले संयुक्त लगानीमा बनाउने भएका छन् ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र चाइना थ्रि गर्जेज इन्टरनेश्नल कर्पोरेशनका प्रतिनिधिले संयुक्त लगानी सम्झौता जेभिएमा हस्ताक्षर गरेपछि पश्चिम सेत आयोजनाको काम अघि बढ्ने भएको छ । लगानी बोर्डले स्विकृती दिएको सम्झौतामा हस्ताक्षर भएसँगै २० वर्षदेखि चर्चामा रहेको पश्चिम सेतीको काम सुरु हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।
कम्पनीमा नेपाल विद्युत प्राधिकरणको २५ र थ्रि गर्जेजको ७५ प्रतिशत शेयर रहने र स्थानियबासीलाई १० प्रतिशत शेयर दिने सम्झौतामा उल्लेख छ । प्राधिकरणले २५ प्रतिशत लगानी पनि जुटाउन नसकेमा चीनकै एक्जिम बैंकबाट सहुलियतपुर्ण ऋण लिन थ्रि गर्जेजले नै पहल गर्नेछ ।
सार्वजनिक निजी लगानीमा निर्माण हुने परियोजनाको लगानी ६० अर्ब रुपैयाँ लाग्ने र त्यसको लागि बैदेशिक लगानी पनि स्विकृत भैसकेको छ । यो आयोजना अष्टे«लियन कम्पनीले १५ वर्ष ओगटेको थियो भने २०७१ को साउनबाट निर्माण सुरु गरी ०७६ को पुसमा सक्नेगरी प्राधिकरण र चाइना थ्रि गर्जेजबिच सहमती भए पनि विभिन्न कारणले परियोजना सुरु भएको थिएन ।
चिनियाँ कम्पनीले आयोजना स्थलसम्म पुग्ने सडक सुदृढीकरण, कर्मचारी आवास बनाउन, आयोजना स्थलको भौगर्भिक अन्वेषणका लागि ड्रिलिङलगायतका काम अहिले आफ्नै लगानीमा गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन