डेंगुको संक्रमणबाट तीन जनाको मृत्यु, करीब २ हजार संक्रमित

डेंगुको संक्रमणबाट तीन जनाको मृत्यु, करीब २ हजार संक्रमित

- in National
23
0
Dangue Infection_Radio Dauna Bebri 92.4 MHz_news_0730

२०७४ कार्तिक ३० बिहीवार
डेंगु संक्रमणबाट पछिल्लो एक वर्षको अवधिमा मुलुकभर तीन जनाको मृत्यु भएको छ । पछिल्लो ११ महिनामा करीब २ हजार जना डेंगुका बिरामी भेटिएको सरकारी तथ्याङ्क छ । झापा, रुपन्देही र अर्खाखाँचीमा एकरएक गरी तीन जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विभिन्न २८ जिल्लामा १ हजार ९ सय ४२ जनामा संक्रमण पुष्टि भएकोमा सबै भन्दा बढी रुपन्देहीमा ५ सय ४५ जना बिरामी भेटिएका छन् । झापामा ५ सय ४३, महोत्तरीमा ४ सय ३८, सर्लाहीमा १ सय ३० जना संक्रमित भेटिएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. विवेककुमार लालले जानकारी दिनुभयो । बाँकी अन्य २४ जिल्लामा भने फाट्टफुट्ट रुपमा मात्र बिरामी भेटिएको महाशाखाले जनाएको छ । हाल डेंगुको प्रकोप विस्तारै घट्दै गएको डा. लालले बताउनुभयो । कार्तिक ७ गतेसम्म ८ सय ५४ जना बिरामी भेटिएकोमा २३ दिनको अवधिमा १ हजार ८८ जना बिरामी बढेको हो । गत वर्ष १ हजार ५ सय २९ बिरामी भेटिएका थिए भने २ जनाको मृत्यु भएको थियो । विश्वमा वर्षेनी ५ देखि १० करोड मानिस डेंगुबाट संक्रमित हुने र त्यसमध्ये २२ हजार जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । लामखुट्टेको टोकाइबाट सर्ने चार रोगमध्ये डेंग्यु त्यस्तो रोग हो, जो वर्षेनी नेपालका विभिन्न जिल्लामा प्रकोपको रुप लिई सयौ मानिस अस्पताल भर्ना हुनुपर्छ । गतवर्ष चितवन, झापा, रुपन्देहीमा प्रकोपको रुप लिएको थियो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार विश्वको कुल जनसंख्यामध्ये ४० प्रतिशत मानिस डेंग्युको जोखिम रहेका क्षेत्रमा बसोबास गर्छन् । डेंग्युकै कारण वर्षेनी ५ देखि १० करोड मानिस संक्रमित हुने र त्यसमध्ये २२ हजार जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन