गोदाबरी नगरपालिका क्षेत्र पूर्ण खोप घोषणा

गोदाबरी नगरपालिका क्षेत्र पूर्ण खोप घोषणा

- in Health, Local
233
0
Godawari as a complete vaccination area_Radio Dauna Bebri 92.4 MHz_news_0730

२०७४ कार्तिक ३० बिहीवार
कैलालीको गोदावरी नगरपालिका क्षेत्र लाई आज (विहीवार) पूर्ण खोप घोषणा गरिएको छ । स्थानिय स्वामित्व र सहभागीता पूर्ण खोप हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ नेपाल सरकारले देश लाई लाई सन २०१७ भित्र पूर्ण खोप घोषणा गर्ने कार्यक्रम अन्तरगत कैलाली जिल्लाको गोदबारी नगरपालिका क्षेत्र लाई पूर्ण खोप घोषणा गरिएको हो ।
गोदबारी नगरपालिका क्षेत्रका सम्पूर्ण वडाका बालबालिकाहरु लाई आबश्यक हुने खोपको मात्रा नियमीत रुपमा लगाउन थालिएपछि एक कार्यक्रमको आयोजना गरि नगरपालिका क्षेत्र लाई पूर्ण खोप घोषणा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथीमा जिल्ला समन्वय समितीका सह संयोजक सुन्दरी चौधरी तथा बरिष्ठ अतिथीहरुमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टंक प्रसाद चापागाई तथा गोदाबरी नगरपालिकाका उप प्रमुख रत्ना कडायत रहनु भएको थियो ।
त्यस्तै
चुरे गाँउपालीका वडा नम्वर २ र ४ पुर्ण खोपयुक्त वडा घोषणा
कैलाली चुरे गाँउपालीका वडा नम्वर २ र ४ लाई पुर्ण खोपयुक्त वडा घोषणा गरीएको छ । आज एक औपचारीक कार्यक्रम सहित स्थानीय पुर्ण खोप समन्वय समिती खैरला स्वास्थ्य चौकीको आयोजनामा वडाहरुलाई पुर्ण खोपयुक्त वडा घोषणा गरीएको हो । वडाहरुमा रहेका बालबालीकाहरुलाई आवश्यक सबै खोप लगाईसकेपछि पुर्ण खोप वडा घोषणा गरीएको खैरला स्वास्थ्य चौकीका ईन्चार्ज विक्रम वहादुर बोहरा जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर