गुरुयोजना वनाउने नाममा १६ लाख खर्च

गुरुयोजना वनाउने नाममा १६ लाख खर्च

- in Local
23
0
Nirwachan Kharcha_Radio Dauna Bebri 92.4 MHz

२०७४ कार्तिक ३० बिहीवार
धनगढी नगर विकास समितिको औचित्यमाथि प्रश्न उठिरहेका बेला निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम मार्फत गुरुयोजनाको नाममा विनियोजन गरिएको २० मध्ये १६ लाख खर्च गरीएको छ । कैलाली निर्वाचन क्षेत्र नम्वर ६ का सासंद पुष्करनाथ ओझाले निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम मार्फत नगर विकास समितीको गुरुयोजनाका लागि २० लाख बजेट दिनु भएकोमा त्यसमा अधुरो काम गर्दै १६ लाख भुक्तानी दिईएको हो ।
स्थापनाको ४ दशकसम्म पनि धनगढी नगर विकास समितीले नगरको विकास भन्दा पनि विधान विपरीत बढि काम गरेको भन्दै पछिल्लो समय विकास समितीको औचीत्य माथि टिप्पणी हुन थालेका बेला गुरुयोजनाका लागी २० लाख खर्च गरीएको छ । गुरुयोजना शिर्षक राखीए पनि सो बजेटमा ४ वटा वडाको डिजीटल नक्सा मात्रै तयार पारीएको जिल्ला प्रावीधीक कार्यालय कैलालीका प्रमुख मनिष अर्यालले बताउनुभयो ।
जिल्ला प्रावीधीक कार्यालय कैलालीले नगर विकास समितीको गुरुयोजना बनाउका लागि काठमाडौको ड्रफ्कन कन्सलटेन्सीलाई जिम्मा दिएको थियो । तर जिल्ला समन्वय समिती र प्रावीधीक कार्यालयले परामर्शदाता कम्पनीसंगको सम्झौता पत्र देखाउन मानेका छैनन् । सो कन्सलटेन्टीले १६ लाख भुक्तानी लिदै ४ वटा वडामा पर्ती जग्गाको विवरण र प्रावीधीक कार्यालयले दिएको जिम्मेवारी पुरा गरेर फाइल जिल्ला समन्वय समितीलाई बुझाईसकेको जनाएको छ ।
परामर्शदाता कम्पनीले बुझाएको विवरण ठिक भए, नभएको पुष्टी गरी दिन जिल्ला समन्य समिती कैलालीले नापी कार्यालयलाई पत्र पठाएको थियो । तर नापी कार्यालयले विवरण पुरा नभएको भन्दै फेरी काम गर्नका लागी जिल्ला समन्य समितीलाई आग्रह गरेको थियो । तर दोश्रो पटक नापी कार्यालयलाई कामको पुष्टी नगराईकन परामर्शदाता कम्पनीलाई भुक्तानी दिएको पनि खुलासा भएको छ ।
जिल्ला नापी कार्यालय कैलालीका प्रमुख ज्ञानेन्द्र विष्टले नक्सा पुराभएपछि मात्र प्रमाणीत गर्ने भनेर चिठ्ठी पठाईसकेको बताउनुभयो । झण्डै ३ बर्षदेखी काम विहीन भएको नगर विकास समितीले आफ्नै नाममा रहेको सम्पतीको दुरुपयोग गरेको भन्दै विगतदेखी नै आलोचना भईरहेकको छ । अधिकार विहीन नगर विकास समितीको गुरुयोजना बनाएर कसैको पनि भलो नहुने पक्का छ तर निर्वाचन क्षेत्र पुर्वाधार विषेश कार्यक्रमले बजेट किन छुटायो र अधुरो काम गरेको परामर्कदाता कम्पनीलाई किन भुक्तानी दिईयो त्यो भने आसंकाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन