एसईई परीक्षा प्रदेशस्तरमै गर्ने तयारी

एसईई परीक्षा प्रदेशस्तरमै गर्ने तयारी

- in Uncategorized
22
0
SEE Exam_Radio Dauna Bebri 92.4 MHz_news_0730

२०७४ कार्तिक ३० बिहीवार
राष्ट्रिय परीक्षा बोर्डले अगामी वर्षको कक्षा १० को एसईई परीक्षासमेत प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी गरेको छ ।यसको लागि बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयारी गरिरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ ।

अध्यक्ष पौडेलले बोर्डका ११ वटा क्षेत्रीय कार्यालयहरूलाई नै प्रादेशिक कार्यालयका रूपमा स्थापना गरी सोही कार्यालयबाट परीक्षा सञ्चालन तथा व्यवस्थापन हुने तयारी चलिरहेको छ ।प्रदेश १ मा विराटनगर, २ मा जनकपुर, ३ मा काठमाडौं, ४ मा पोखरा, ५ मा कोहलपुर, ६ मा सुर्खेत र ७ मा धनगढीमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रदेश ६ मा भने बोर्डको कार्यालय नभएकोले त्यहाँ नयाँ कार्यालय स्थापना हुने जनाइएको छ । हालसम्म बोर्डको विराटनगर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, दाङ, धनगढी र डडेल्धुरामा शाखा कार्यालय सञ्चालित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन