इराक र इरानको उत्तरी सीमामा ७.३ रेक्टरको भूकम्प

इराक र इरानको उत्तरी सीमामा ७.३ रेक्टरको भूकम्प

- in International
28
0
Earthquake in Iraque_Radio Dauna Bebri 92.4 MHz_news_07_27th

२०७४ कार्तिक २७ सोमबार

इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण पश्चिम इरानमा कम्तीमा ६१ जनाको र इराकमा ४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । ३ सयभन्दा धेरै मानिस घाइते छन् ।

भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इराकको राजधानी बग्दादमा धेरैले प्राथना गरिरहेका छन् । इरानी समाचार संस्था आइ.आर.आइ.एन.एनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबर आएको जानकारी दिनुभएको छ । अरु गाउँमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । अाइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भू बैज्ञानिक सर्वेक्षण यूएसजीएसले  जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन