समयमै बजेट निकासा नगर्दा सेवा प्रवाहमा समस्या

समयमै बजेट निकासा नगर्दा सेवा प्रवाहमा समस्या

- in Health, Local
94
0
Budjet Service in Baitadi_Radio Dauna Bebri 92.4 MHz_news_0720

२०७४ कार्तिक २२ बुधवार
बैतडीको दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ ।यसअघि अस्पताल विकास समितिकै खातामा आउने रकम दशरथचन्द नगरपालिकाको खातामा आएको र अहिले सम्म बजेट निकासा नहुँदा अस्पतालमा औषधि, केमीकल लगायतका अतिआवश्यक कुराहरुको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।
जिल्ला अस्पताल र दशरथचन्द नगरपालिकाबीच समयमै समन्वय नहुँदा समस्या देखिएको हो ।कर्मचारी अभाव, निर्वाचन लगायतका कारणले समयमा बजेट निकासा हुन नसकेको दशरथचन्द नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहन चन्दले जानकारी दिनुभयो ।स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई हतारमा स्थानीय तहमा हस्तान्तरण गर्दा समस्या आएको डा. अवस्थीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर