रसायनिक मल बितरणमा समस्या

रसायनिक मल बितरणमा समस्या

- in Local
230
0
problem in distribution of Chemical fertilizer_Radio Dauna Bebri 92.4 MHz_news_0720

२०७४ कार्तिक २२ बुधवार
कृषि सामाग्री कम्पनी क्षेत्रिय कार्यालय धनगढीले मंगलवारबाट रसायनिक मल बिक्री बितरणको काम सुचारु गरेको छ । कैलालीमा अभाव रहेको रसायनिक मल केहि मात्रामा आयात भएपछि कृषि सामाग्री कम्पनीले मंगलवारबाट बिक्रीको काम सुरु गरेको हो ।
तर लामो पर्खाईपछि आईपुगेको मल लिनका लागि बिभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुबिच तछाडमछाड भएको छ । लामो अभावपछि कैलालीमा रसायनिक मल आईपुगेको भएपनि आवश्यकता अनुसार आपुर्ती नहुदा बितरणमा समस्या भएको हो । सोमवार अबेर साँझ आईपुगेको मलका लागि सहकारी संस्थाका प्रतिनिधिहरु मंगलवार बिहानैदेखी लाईन लागेका थिए ।
धान बाली भित्रयाएर गहुँ र तोरी खेतीको तयारी स्वरुप खेत खनजोत गरिसकेका किसानका खेतहरु मलको पर्खाईमा बस्दा बस्दै सुकिसकेका छन । मंगलवार सयौको संख्यामा आएका किसानहरु र गाउ गाउमा मल बिक्री गर्ने जिम्मा लिएका सहकारी संस्थाका प्रतिनिधहरुको कृषि सामाग्री कम्पनीको परिषरमा ठुलो भिड थियो । सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनीले रसायनिक मल आयात सुरु भएको र केहि दिनमा अभाव कम हुने जनाएको छ ।
कृषि सामाग्री कम्पनीका क्षेत्रिय प्रबन्धक दुर्गा प्रसाद पाण्डेयले रसायनिक मल आयात सुरु भएको र केहि दिनमा अभाव कम हुने बताउनुभयो । तर कैलालीका लागि आवश्यक पर्ने मल आयात हुनेमा कृषि सामाग्री सम्पनीका पदाधिकारीहरु नै ढुक्क हुन सकेका छैनन । मल अभाव हुँदा यस वर्ष गहुँको उत्पादन घट्ने भन्दै किसानहरु चिन्तीत छन ।
गहुँ छरेकै दिन डिएपी आवश्यक पर्ने भए पनि यो मलको अभाव हुँदा आफुहरुलाई समस्या भएको कैलालीको मसुरियाबाट रसायनिक मलका लागि आउनुभएकी यममाया ढकालले बताउनुभयो । किसानहरुले बताएका छन । तर कृषि प्रधान देशमा मलको यत्तीको अभाव हुँदा अहिले भोट मागिरहेका कुनै पनि नेताहरुले किसानको यस समस्या प्रति भने केही बोलेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर