सुरक्षा प्रदान गर्न गृहसचिवको निर्देशन

सुरक्षा प्रदान गर्न गृहसचिवको निर्देशन

- in National
146
0
Krishna Mohan Sapkota_Radio Dauna Bebri 92.4 MHz_news_0721th

२०७४ कार्तिक २१ मंगलवार

गृहसचिव मोहनकृष्ण सापकोटाले सरकारको नीतिअनुसार सुरक्षा प्रदान गर्ने कार्यमा लाग्न निर्देशन दिनुभएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको सोमबार अवलोकनका क्रममा उहाँले संघीयतालगायत बदलिँदो परिस्थितिमा परिवर्तनलाई आत्मसात गर्दै नीतिगत सुधार, ऐन कानुन परिमार्जन, क्षमता विकास, साधन स्रोत व्यवस्थापन गर्दै सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी सेवालाई अझै बढी सशक्त बनाउन नेपाल प्रहरीका रचनात्मक सुझाव कार्यान्वयन गर्न संयन्त्र बनाई समस्या समाधान गरिने बताउनुभयो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरीको संरचना, मानवस्रोत व्यवस्थापन, प्रहरी इकाईगत सञ्जाल, कार्यगत समूह, प्रहरी तालीमको स्थिति तथा कार्ययोजनाबारे जानकारी गराउनुभयो ।

उहाँले नेपाल प्रहरीमा स्वास्थ्य र कल्याण, संगठन सुधारमा वैदेशिक सहयोग, संघीयतामा प्रहरीको रुपान्तरण व्यवस्थापन, संगठन पुनर्संरचना, थप दरबन्दी प्रस्ताव, साधन स्रोतको आवश्यकता, सुरक्षा अवधारणाबारे जानकारी गराउँदै प्रहरी संगठनले गृह मन्त्रालयसँग राखेको अपेक्षासमेत प्रस्तुत गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर