सघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढीमा चक्रपथको निर्माण सुरु

सघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढीमा चक्रपथको निर्माण सुरु

- in Local, National
112
0
Development of Dhangadhi_Radio Dauna Bebri 92.4 MHz_news0220 (4)

२०७४ कार्तिक २१ मंगलवार
सघन सहरी विकास कार्यक्रम अन्तर्गत भन्सार–चटकपुर हुँदै राजपुरसम्मको चक्रपथ निर्माण सुरु भएको छ । निर्माण व्यवसायीले ठेक्का सम्झौता अघिल्लो आर्थिक वर्षको असारमा गरे पनि अहिले आएर निर्माणको काम सुरु गरेका हुन । मोहना नदीको किनारै किनार निर्माण हुने चक्रपथ निर्माणको काम सुरु भएपछि स्थानीय वासिन्दाहरु खुशी भएका छन । तीन वटा प्याकेज गरी ३३ करोड ८२ लाखमा ठेक्का पाएको लुम्वीनी राजेन्द्र केस जेभीको निर्माण कम्पनी केएस कन्ट्रक्सनले पश्चिमी प्याकेजको निर्माणको काम सुरु गरेको हो ।
दोस्रो प्याकेजको मनेहराको कमैया वस्ती डी गाउँ हुँदै सिद्धार्थ स्कुलको चत्रपथको निर्माणको काम नभईरहेको अवस्थामा मनेहराको कालिका मन्दीर जाली हुँदै हुलाकी सडक खण्डको तेस्रो प्याकेजको काम पनि सुरु गरिएको निर्माण कम्पनी केएस कन्ट्रक्सनका सञ्चालक सुरेन्द्र पालले बताउनुभयो । चक्रपथको संयुक्त सर्वे सम्पन्न भएसँगै सिमांकन र माटो भरानको काम सुरु गरिएको छ ।

निर्माण कार्य सुरु भएपछि नगरवासीहरुले विकास र समृद्धिको पहिलो आधार सडक नै भएकोले समयमै निर्माण सम्पन्न गर्न सुझाव दिएका छन । झण्डै १४ मिटर फराकिलो चक्रपथलाई गुणस्तरीय वनाउनु पर्ने वोराडाडीका स्थानीय फुलदेवी धामीले बताउनुभयो । स्थानीय जन प्रतिनिधिहरुले पनि चक्रपथ निर्माणको काममा अवरोध आउन नदिने जनाएका छन ।
निर्माणको काममा आउने वाधाहरु हटाउन सहयोग गर्दै तिव्र रुपमा चक्रपथ निर्माणका लागि सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष वलवहादुर ऐरले बताउनुभयो ।
अगामी ५० वर्षका लागि ३० मिटरको फराकीलो वनाउने लक्ष्य सहित निर्माणको थालनी भएको चक्रपथको दाया वायाँतिर जग्गा परेका जग्गाधनीहरुले सहयोग गरेमा निर्माण कार्यमा कुनै अवरोध आउने देखिदैन । तर मुआव्जा नपाईने भएका कारण स्थानीय वासिन्दाहरुवाट हुन सक्ने विरोधलाई ध्यानमा राखेर चक्रपथ निर्माण हुँदा हुने फाईदाका वारेमा जानकारी गराउन आवश्यक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर