कम्युनिष्ट गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक

कम्युनिष्ट गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक

- in Politics
32
0
Comniust_Radio Dauna Bebri 92.4 MHz_news_0721th

 काठमाडौं, २०७४ कार्तिक २१ मंगलवार

नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाले र माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो । कार्यक्रममा माओवादि अध्यक्ष, पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका छन् ।

घोषणापत्र सार्वजनिक गरेपछि एमाले अध्यक्ष ओलीले कम्युनिष्ट गठबन्धनको घोषणापत्र चुनाव लड्नका लागिमात्र नभएर देश बनाउन ल्याएको घोषणापत्र भएको बताउनु भयो । गठबन्धनको घोषणापत्र सर्वोत्कृष्ट घोषणापत्र भएको दाबी उहाँको छ । एमाले र माओवादी मिल्दा कोकोहोलो गर्नुको अर्थ नरहेको ओलीले टिप्पणी गर्नु भयो ।

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताए । अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेकोमा जोड दिए ।

आगामी दुई, पाँच र दश वर्ष्भित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै उनले आगामी दश वर्ष्भित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्याउने घोषणापत्रमा उल्लेख भएको बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन