राना थारु सामुदायिक होमस्टे अवलोकन गर्नेको संख्या बढदै

राना थारु सामुदायिक होमस्टे अवलोकन गर्नेको संख्या बढदै

- in National
142
0
Tharu Home Stay Kanchanpur_Radio Dauna Bebri 92.4 MHz

 २०७४ कार्तिक २० सोमबार
सुदूरपश्चिमको मौलीक कला संस्कृतीको संरक्षणका लागि कञ्चनपुरमा सञ्चालित राना थारु सामुदायिक होमस्टे अवलोकन गर्नेको संख्या बढदै गएको छ ।
सुदुरपश्चिमका कला संस्कृति, भेषभुषा तथा रहनसहनबाट मनोरञ्जन लिन सकिने भएपछि होमस्टे तर्फ पछिल्लो समय बाह्य तथा आन्तरीक पर्यटकहरुको आर्कषण बढेको छ ।लोप हुने अवस्थामा रहेका सुदुरपश्चिम क्षेत्रका कला संस्कृति, भेषभुषा, रहनसहन तथा खानका परिकारहरुको संरक्षका लागि होमेस्थे एक बलियो माध्यम बनेको रानाथारु सामुदायिक होमस्टे सञ्चालन समितिका सचिब चेतराम रानाले बताउनु भयो ।उहाँले कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, हिरापुर फाँट, बेदकोट ताल, सिङगेश्वर मन्दिरजस्ता अन्य पर्यटकीय गन्तव्य क्षेत्र रहेकोले पनि होमेस्टे अवलोकन गर्ने पर्यटकहरुको आर्कषण बढेको बताउनु भयो ।होमेस्टे अवलोकन गर्न पुग्ने पर्यटकहरुले राना थारु समुदायमा पकाइने खानका परिकारको स्वाद र राना थारुको पहिरन सहितको सांस्कृतिक कार्यक्रमबाट समेत मनोरञ्जन लिन सक्ने सचिव रानाले बताउनुभयो ।

Tharu Home Stay Kanchanpur Radio Dauna Bebri 92.4 MHz
राना थारु सामुदायिक होमस्टे अवलोकन गर्नेको संख्या बढदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर