कैलाली क्षेत्र नं. ४ मा बामगठबन्धनका विभिन्न समिति गठन

कैलाली क्षेत्र नं. ४ मा बामगठबन्धनका विभिन्न समिति गठन

- in Local, Politics
36
0
Bamgathbandhan in Kailali_Radio Dauna Bebri 92.4 MHz

 २०७४ कार्तिक २० सोमबार
कैलालीमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारी दर्तासँगै आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिएपछि चुनावी सरगर्मी बढेको हो ।उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा दलबलसहित चुनावी अभियानमा जुटेका छन् । चुनावी अभियानसँगै आफ्नो जीत सुनिश्चित गर्न दलहरुले विभिन्न समिति र उपसमितिहरु गठन गरेर प्रचार प्रसारलाई तिव्रता दिएका छन् । कैलालीको क्षेत्र नम्बर ४ मा संयुक्त बामगठबन्धनले विभिन्न विषयगत समिति गठन गरी चुनावी अभियानलाई तीब्रता दिएको क्षेत्र नम्बर ४ का प्रचारप्रसार समिति प्रमुख उद्धब भट्टराईले जानकारी दिए ।
उनका अनुसार बाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा परिचालन समिति, थारु समाज परिचालन समिति, प्रचारप्रसार उपसमिति, सयौं युथ युवा परिचालन समिति लगायतका समिति गठन गरी टोलटोलमा चुनावी अभियान थालिएको छ ।
यो क्षेत्रबाट बामगठबन्धनबाट माओवादी केन्द्रका प्रभावशाली नेता लेखराज भट्ट प्रतिनिधि सभामा तथा प्रदेश सभा ‘क’ मा एमाले कैलाली अध्यक्ष दीर्घ सोडारी र ‘ख’ मा एमालेकै कृष्ण सुवेडी चुनावी मैदानमा उत्रेका छन् भने नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा सुनिल भण्डारी तथा प्रदेश सभा ‘क’ मा काँग्रेसका यज्ञराज चौधरी र ‘ख’ मा हिरादत्त भट्ट चुनावी मैदानमा उत्रेका छन् ।
३० वटा वडा रहेको यो क्षेत्रमा ९३ हजार ३८४ मतदाता रहेका छन् । बिगतका चुनावको नतिजा अनुसार यो क्षेत्रमा बामगठबन्धनको स्पष्ट बहुमत रहेको प्रचारप्रसार संयोजक भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन