अकुत सम्पत्तिमा एकैपटक २०० सरकारी अधिकारीमाथि छानविन

अकुत सम्पत्तिमा एकैपटक २०० सरकारी अधिकारीमाथि छानविन

- in National
164
0
Akhtiyaar Nepal_Radio Dauna Bebri 92.4 MHz

 २०७४ कार्तिक २० सोमबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा एकैपटक दुई सय उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको छ ।
अख्तियारले अवकासप्राप्त र बहालवाला अधिकारीविरुद्ध अनुसन्धान थालेको हो । स्रोतका अनुसार अख्तियारले सुरक्षा निकाय, अर्थ, खानेपानी, सिँचाइ, सडक, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य मन्त्रालयअन्तर्गतका उच्च अधिकारीको सम्पत्ति छानविन थालेको छ ।
अकुत सम्पत्ति छानविनमा पाँच सचिव, ४० इन्जिनियर र २० सुरक्षा निकायका उच्च पदस्थ अधिकारी परेका छन् ।
‘अकुत सम्पत्ति छानविनमा केहीसँग बयान चलिरहेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘केहीलाई बयानका लागि बोलाउने तयारी छ ।’
अख्तियार अन्तर्गतकै ‘इन्टेलिजेन्स एजेन्सी’ले दिएको रिर्पोटका आधारमा छानविन थालिएको हो ।अख्तियारले आइतबार पूर्वप्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सचिव गजेन्द्रकुमार ठाकुरलगायत चार अधिकारीसँग बयान लिएको थियो ।
अख्तियारले ट्रान्सर्फमर खरिद कान्डमा पूर्वमूख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित र सचिव अर्जुन कार्कीको पनि बयान लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर