१०० प्रभावशाली महिलाको सूचीमा अभिनेत्री प्रियंका

१०० प्रभावशाली महिलाको सूचीमा अभिनेत्री प्रियंका

- in Entertainment
32
0
Priyanka_Radio Dauna Bebri 92.4 MHz

२०७४ कार्तिक १८ शनिवार

विश्वका १०० प्रभावशाली महिलाको सूचीमा अभिनेत्री प्रियंका चोपडा पनि परेकी छन् ।
चर्चित म्यागजिन फोब्र्सले उनलाई मनोरन्जन र मिडिया दुनियाको सबैभन्दा प्राभावशाली महिलाको सूची भित्र १५ औं स्थानमा राखेको हो ।
यो सूची चर्चित पप गायिका बियोन्स चौथो स्थान र गायक टेलर स्विफ्ट १२ औं स्थानमा अटाएका छन् ।
यो म्यागजिनको सबै श्रेणीको सूची भित्र भने प्रियंका ९७औं स्थानमा अटाएकी छन् । सूचिमा जर्मनीकी चान्सलर पहिलो स्थानमा रहेकी छन् । गायिका बियोन्स ५०औं र टेलर ८५ औ स्थान छिन् । १०० प्रभावशाली महिलाको सूची भित्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इवाम्का पनि अटाएकी छन् ।
सामाजिक काममा पनि देखिदै आएकी प्रियंका बलिउड तथा हलिउड अभिनयमा समेत सक्रिय छिन् । एक हलिउड टेलिभिजन शोमा नियमित काम गरिरहेकी प्रियंका अमेरिकी टेलिभिजन शोमा काम गर्ने पहिलो भारतिय कलाकार पनि हुन् ।
फोब्र्सले सार्वजनिक गरेको सबैभन्दा बढी कमाइ गर्ने अभिनेत्रीको सुचिमा भने प्रियंका ८आंै स्थानमा छिन् । गतबर्ष प्रियंकाको नाम यो सुचिको १० औं स्थानमा समावेश थियो ।
फोब्र्सले जारी गरेको बलिउडका १० कमाउ अभिनेत्रीको सुचिमा भने उनी ७ स्थानमा परेकी छन् ।
हलिउड टेलिभिजन शोका कारणले प्रियंका दुई पटकसम्म पीपल्स च्वाइस अवार्ड बिजेता समेत बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन