मुल्य निर्धारण समितीले धानको दररेट नतोक्दा कैलालीका किसानहरु चिन्तित

मुल्य निर्धारण समितीले धानको दररेट नतोक्दा कैलालीका किसानहरु चिन्तित

- in Local
154
0
Dhan ko Rate dar_ Radio Dauna Bebri 92.4 MHz (2)

२०७४ कार्तिक १८ शनिवार
सरकारले धानको मुल्य नतोक्दा किसानहरु सस्तो मुल्यमा धान बेच्न बाध्य भएका छन । दैनिक उपभोग्य बस्तुको मुल्य अत्याधिक बृद्धि भएपनि किसानहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको धानको मुल्य त्यस अनुपातमा नतोकिंदा कैलालीका किसानहरु थप मारमा परेका छन । महंगो विउ र मल प्रयोग गरेर उब्जाएको धानले उचित मुल्य नपाउँदा किसानहरु मारमा परेका छन । अन्य आम्दानीको स्रोत नभएका किसानहरुले सस्तो मुल्य मै भए पनि धान बिक्री गरेर घर खर्च चलाउन बाध्य भएको गुनासो गरेका छन ।
कैलालीमा अझैसम्म धानको मूल्य निर्धारण नहुँदा व्यापारीले मनपरी दररेटमा धानको कारोबार हुन थालेपछि आफुहरु मर्कामा परेको जोशीपुरका किसान ठाकुर सिंह चौधरीले बताउनुभयो । ग्रामीण क्षेत्रमा मोटो धान प्रति क्विन्टल एक हजार सात सय ५० र मसिनो धान एक हजार सात सय ७५ रुपियाँमा खरिद बिक्री भइरहेको छ । यस्तै, धनगढीमा मोटा धान प्रतिक्विन्टल एक हजार आठ सयदेखि एक हजार आठ सय ५० रुपियाँमा कारोबार भइरहेको छ भने मसिनो धानको मूल्य मोटा धानको तुलनामा २५ रुपिया मात्रैबढी छ ।
हिउँदे खेतीका लागि आवश्यक मलखाद, बीउबिजन तथा इन्धन खरिद गर्ने उद्देश्यले जति सक्दो छिटो धान बिक्री गर्दै आएको किसानले बताएका छन् । जिल्लामा धानको मूल्य निर्धारण भईनसकेको अवस्थामा उनीहरूले बर्से्िन व्यापारीकै दर रेटमा धान बिक्री गर्दै आएका छन । सरकारले धानको मुल्य निर्धारण गरी नेपाल खाद्य संस्थान मार्फत खरिद गर्दै आए पनि यो बर्ष सरकारले धानको मुल्य अझै सम्म निर्धारण नगरेका कारण खाद्य संस्थानले हालसम्म धान खरिदको प्रकृय शुरु गरेको छैन ।
किसानहरुले ब्यापारीहरुलाई धान बिक्री गरी सकेपछि सरकारले धानको मुल्य तोक्दा ब्यापारीहरु लाभान्बित हुने भएकाले समयमा नै धानको मुल्य तोक्नुपर्ने किसानहरु बताउँछन । तर खाद्य संस्थानले धान खरिदका लागि प्रक्रिया अगाडी वढाईरहेको र छिटै मुल्य निर्धारण गरिने खाद्य संस्थानको सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गंगादत्त पन्तले बताउनुभयो । खाद्यान्न प्रतिको पर निर्भरता बढी रहेकै बेला किसानहरुले धानको उचित मुल्य पाउन सकेका छैनन् ।
किसानले धमाधम धान बिक्री थाले पनि जिल्लामा धानको मूल्य निर्धारण गर्न अझै एक हप्ता लाग्ने भएको छ । जिल्लामा धानको मूल्य निर्धारण गर्नका लागि स्थानीय बजारको दररेट र सीमावर्ती भारतीय बजारको दररेट सङ्कलनको कार्य भइरहेको जिल्ला मुल्य निर्धारण समितीका संयोजक गोविन्द रिजालले बताउनुभयो । संस्थानले यस वर्ष ४५ हजार क्विन्टल धान खरिद गर्ने तयारी गरेको छ ।
गत वर्ष ५० हजार क्विन्टल किसानको धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको संस्थानले यस वर्ष पाँच हजार क्विन्टल कटौती गरेको हो । संस्थानले जिल्लाको टीकापुर, जोशीपुर, भजनी र धनगढीको मोहनपुरमा धान खरिद डिपो सञ्चालन गरेर किसानको धान खरिद गर्दै आएको छ । खरिद गरिएको धानबाट चामल बनाएर खाद्य सङ्कट हुने पहाडी जिल्लामा पठाउने गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर