बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा // विवेकशीलले बनायो छोटो सूची

बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा // विवेकशीलले बनायो छोटो सूची

- in National, Politics
34
0
Dr. Babu Ram Bhattarai Vs Rabindra Mishra_Radio Dauna Bebri 92.4 MHz

२०७४ कार्तिक १८ शनिवार
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फका सबै ११० सीटमै बन्दसूची पेश गरेको छ । रविन्द्र मिश्र र उज्जव थापा नेतृत्वको विवेकशील साझा पार्टीले भने २५ जनाको मात्रै नाम पेश गरेको छ ।
सबैलाई थाहा भएकै कुरा हो कि नयाँशक्ति पार्टीले समानुपातिक तर्फ एक दर्जन सिटहरुमा पनि विजय पाउने अवस्था छैन । तर, १०र१२ जनाले पनि नजित्ने ठाउँमा ११० जनाकै नामावली पेश गर्नु कत्तिको वैज्ञानिक होला ? सांसदमा छनोट नै नहुने गरी सूचीमा नाम चढाएर मात्रै के अर्थ ? सम्भवतः नयाँ शक्ति पार्टीले पुराना दलहरुमा जस्तै सबै नेताहरुको चित्त बुझाउनकै लागि यो ‘बिरालो बँधाइ’ कर्म गरेको हो ।
तर, विवेकशील साझा पार्टीले भने २५ जनाको मात्रै नामावली बुझाएर आफ्नो औकात अनुसारको निर्णय गरेको छ ।
समानुपातिकतर्फको कुरा गर्दा अर्को स्मरणीय के छ भने ३ प्रतिशत मत नल्याउने पार्टीले १ लाख मत कटाए पनि समानुपातिक सांसद छनोट हुँदैन ।

About the author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन