प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन दल तथा उम्मेदवार जुटे प्रचारप्रसारमा

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन दल तथा उम्मेदवार जुटे प्रचारप्रसारमा

- in Local, Politics
38
0
Ghar dailo_ Radio Dauna Bebri 92.4 MHz (2)

२०७४ कार्तिक १८ शनिवार
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको दोस्रो चरणको निर्वाचनका क्रममा बिहीबार उम्मेदवारको मनोनयन दर्तासंगै चुनावी प्रचारप्रसार तीब्र बनाइदैछ ।
यद्यपि उम्मेदवारको अन्तिम नामावली तथा चुनाव चिन्ह प्रदान गर्ने कार्य बाँकी नै छ । भोली सम्म उम्मेदवारले नाम फिर्ता लिने समय रहेको छ ।
प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरू प्रचारप्रसार रणनीति बनाउन व्यस्त रहेका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका उम्मेदवार डाक्टर आरजु राणा देउवाले शुक्रबार अबेर रातिसम्म पार्टीका विभिन्न इकाई, भातृ तथा सुभेच्छुक संगठनका पदाधिकारी तथा सदस्य र कार्यकर्तासंग चरणवद्ध रूपमा भेटघाट गरिन् ।
नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहका अनुसार आज देखि क्षेत्र नम्बर ५ का सबै वडा, टोलवस्तीमा कार्यकर्ता भेटघाट तथा आम नागरिकसंग अन्तरक्रिया कार्यक्रम तय भएको छ ।
काँग्रेस सभापति शाहले पार्टीले प्रचारप्रसार रणनीति तथा संरचना निर्माण गरिरहेको बताए । उनले जिल्लाका सबै निर्वाचन क्षेत्र (प्रतिनिधि सभा तथा प्रदेश) का लागि निर्वाचन परिचालन कमिटी गठन गरिने बताए ।
त्यस्तै, बाम गठबन्धनले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएको छ । बाम गठबन्धन कैलालीको शुक्रबार धनगढीमा भएको एक बैठकले निर्वाचन परिचालन कमिटिका साथै विभिन्न उपसमिति गठन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन