तीन भारतीय पक्राउ

तीन भारतीय पक्राउ

- in National
109
0
Three Indian arrested_ Radio Dauna Bebri 92.4 MHz (2)

२०७४ कार्तिक १८ शनिवार
भारतीय प्रहरीको खोजी सूचीमा रहेका तीन भारतीय नागरिक पोखराको सिद्धार्थ चोकबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट एक नेपाली सहयोगी पनि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनीहरु ‘सुटर’ रहेको आशंकामा अनुसन्धान भइरहेको छ ।
पसलमा सामान किनिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ गर्न भारतीय प्रहरीसमेत नेपाल आएको स्रोतले जनाएको छ । नेपाल भारतबीच सुपुर्दगी सन्धी नभएकाले पक्राउ गरेर भारतलाई बुझाउन समस्या पर्ने भन्दै नेपाल प्रहरसँग समन्वय गरी भारतीय प्रहरी आएको स्रोतको भनाई छ । ‘सबै काम प्रहरी प्रधान कार्यालयबाट भइरहेको छ । यहाँ पक्राउमात्र गरिएको हो । अहिले अनुसन्धानको क्रममा छ,’ एक प्रहरी अधिकारीले भने ।
कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले पक्राउ गरिएको स्विकार गर्दै अनुसन्धानका क्रममा रहेकाले तत्काल पहिचान नखुलाईएको बताए ।
प्रहरी स्रोतका अनुसार पक्राउ परहेकाहरु भारतको राजस्थानमा आंतक मच्चाउने गिरोहका सदस्य हुन् । हप्ता असुलीदेखि हत्यासम्मको आरोपमा मुद्धासमेत उनीहरुले खेपिरहेका छन । उनीहरु पोखरामा लुक्न आएका हुनकी अन्य कुनै योजनामा भन्ने विषयमासमेत अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर