जनतासँग क्षमा माग्दै गगनले थाले चुनावी अभियान

जनतासँग क्षमा माग्दै गगनले थाले चुनावी अभियान

- in National, Politics
34
0
Gagan Thapa_Radio Dauna Bebri 92.4 MHz

२०७४ कार्तिक १८ शनिवार
काठमाडौं ४ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले जनतासँग क्षमा माग्दै चुनावी अभियान सुरु गरेका छन् ।
प्रदेशसभाका उम्मेदवारद्वय नरोत्तम बैद्य र साधुराम खड्कासहित थापाले चावहिलबाट चुनावी अभियान थालेका हुन् । चार वर्षमा अन्य सांसदहरुको तुलाना आफूले कार्यालय नै खडा गरेर काम गरेको भन्दै उनले फेहरिस्ता सुनाए ।
यद्यपि धेरै गर्न सकिन्थ्यो भन्दै जनतासँग क्षमा मादै भने, ‘अझ राम्रो गर्न सकेको भए मलाई जति आनन्द कसलाई लाग्थ्यो होला र । तर, सबै मेरो वसमा छैन ।’ उनले आफू हाउजिङमा बसेर बेलाबेला घुम्म आउन सांसद नभएको भन्दै जनताको सुखदुःखप्रति जानकार रहेको बताए ।
चुनावी प्रतिपर्धामा रहेका एमाले नेता राजन भट्टराईलाई सालिन युवा भन्दै गगनले आफ्ना कुरा राख्न आग्रह गरे ।
सांसद नभएका व्यक्तिले चार वर्ष गगन थापाले के र्गयो भन्न पाएपछि सँगै सांसद रहेका भट्टराईले नमिल्ने तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन