‘कम्युनिष्टको सरकार दिवासपना मात्रै हो’ महेश आचार्य

‘कम्युनिष्टको सरकार दिवासपना मात्रै हो’ महेश आचार्य

- in National, Politics
37
0
Mahesh Acharya_Radio Dauna Bebri 92.4 MHz

२०७४ कार्तिक १८ शनिवार
नेपाली कांग्रेसका नेता महेश आर्चायले कम्युनिष्ट वर्चश्वको सरकार बनाउने कल्पना दिवा सपना मात्रै भएको बताएका छन् । नेता आर्चायले यदि वाम गठवन्धनको नेतृत्वमा सरकार बनीहाले पनि उनीहरुले राष्ट्रपतीय प्रणाली ल्याउन खोजेमा कांग्रेसले त्यसविरुद्ध आन्दोलन गर्ने बताए ।
बिराटनगरस्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आर्चायले आगामी सरकार कम्युनिष्टहरुको बन्न नसक्ने दाबी गरे ।
आर्चायले एमाले र माओवादी पार्टीले निर्वाचनपछि वहुमत ल्याएर सरकार बनाउने र राष्ट्रपतीय प्रणालीमा मुलुकलाई लैजाने योजना बनाएको आचार्यको दाबी छ ।
पूर्वअर्थमन्त्री समेत रहेका भएका नेता आर्चायले वाम गठवन्धनले नयाँ प्रयोगका नाममा राष्ट्रपतीय प्रणाली ल्याउने योजनाले मुलुक द्वन्द्वतर्फ जाने तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन