केपी ओलीद्वारा उम्मेदवारी दर्ता

केपी ओलीद्वारा उम्मेदवारी दर्ता

- in National, Politics
33
0
KP Oli_Radio Dauna Bebri 92.4 MHz

२०७४ कार्तिक १६ बिहीवार
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
बिहीबार दिउँसो २ ः ३० बजे जिल्ला सदरमुकाम भद्रपुरस्थित क्षेत्र नं. ५ को निर्वाचन कार्यालय तोकिएको जिल्ला हुलाक कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । ओली आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत दमकबाट कार्यकर्तासहित उम्मेदवारी दर्ता गर्न आएका थिए । ओलीको प्रस्तावकमा एमाले दमक नगर उपाध्यक्ष लोकबहादुर अधिकारी र समर्थकमा पूर्व क्षेत्रीय अध्यक्ष नेत्रप्रसाद दाहाल रहेका थिए ।
ओलीसँगै प्रदेशसभातर्फ क्षेत्र नं. ५ को ‘क’ बाट हिक्मत कार्की र ‘ख’ बाट अर्जुन राईले उम्मेदवारी दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन