विशाखापटनम बन्दरगाहको प्रयोगमा नेपाली व्यापारीको ध्यान कम

विशाखापटनम बन्दरगाहको प्रयोगमा नेपाली व्यापारीको ध्यान कम

- in International, National
133
0
Bisakhapatman Bandargaha_ Radio Dauna Bebri 92.4 MHz

२०७४ कार्तिक १३ सोमबार
नेपालमा तेस्रो मुलुकबाट सामान आयातका लागि भारतले उपलब्ध गराएको कोलकाता बन्दरगाहमा हुने जामले नेपाली आयातकर्ताहरु मारमा परेका छन् ।
ड्यामरेज र डिटेन्सन शुल्कका नाममा बर्से्नि करोडौं रुपैयाँ भारत पुगिरहेको छ ।
नेपालमा उद्योगधन्दा खोल्ने क्रम बढ्दै जानु र ठूला विकास योजनाहरु सञ्चालन हुनुलगायत कारणबाट तेस्रो मुलुकबाट आयात बढ्दो छ ।
कोलकाता बन्दरगाह समुद्रमा नभई नदीमा आधारित छ । र, यो सानो आकारको पनि छ । क्षमताभन्दा दोब्बर सामान आयात–निर्यात हुँदा बन्दरगाह व्यवस्थापनले धान्न सकेको छैन ।
एक सय ४७ वर्षदेखि सञ्चालनमा छ, कोलकातास्थित हुग्ली नदीमाथिको उक्त बन्दरगाह । यही परम्परागत बन्दरगाहबाट नेपालले आफ्नो तेस्रो मुलुकसम्मको व्यापार धानिरहेको छ । यसको गहिराइ ६ मिटर मात्र छ ।
र, साना जहाज (फिडर भेसल) मात्र चल्छन् । ती जहाजले एक पटकमा पाँच सय वटा कन्टेनर मात्र ल्याउन सक्छन् । कोलकातासम्म सामान ल्याउन सिंगापुर या श्रीलंकाका बन्दरगाहसम्म मात्र ठूला जहाज आउँछन् ।
त्यहाँबाट मध्यमखाले जहाजमा राखेर समुद्रको निश्चित विन्दुसम्म सामान ल्याउनु पर्छ । र, कोलकाताबाट साना जहाज उक्त विन्दुमा पुगेर सामान लिई हुग्ली बन्दरगाह ल्याउँछन् ।
अर्थात्, तेस्रो मुलुकबाट नेपाल आयात हुने सामान समुद्रमै दुई पटक लोडरअनलोड हुन्छ । र, त्यसको मूल्य व्यापारी हुँदै उपभोक्तासम्मले बेहोर्नु पर्छ ।
एक अध्ययनअनुसार नेपालबाट तेस्रो मुलुक निर्यात हुने वस्तुको ९८ प्रतिशत हिस्सा कोलकाता र हल्दिया बन्दरगाहले बहन गर्दै आएका छन् ।
कोलकाता बन्दरगाहबाट हुने समुद्रपार व्यापारमा नेपालको हिस्सा सात प्रतिशत छ, जुन स्थायी प्रकृतिको हो ।
तर, उल्टै नेपालका लागि सामान लिएर आएका कन्टेनर र जहाजले अनलोडिङका लागि समय र ठाउँ पाउन हम्मे पर्दै आएको छ । ठाउँ पाउँदा पनि बाहिरिनका लागि पर्खिनुपर्छ ।
आयातकर्ताहरुका अनुसार सिपिङ कम्पनीहरुले कन्टेनरमा सामान लोड गरी नेपाल ल्याएर फर्किन १४ देखि २१ दिनको सीमा पाउँछन् । तर, कम्तिमा १७र१८ दिन लाग्दै आएको छ ।
हरेक कन्टेनरका लागि डेढदेखि दुई लाख रुपैयाँ बिलम्ब शुल्क भारतीय सिपिङ कम्पनीहरुलाई बुझाउनु परिरहेको छ ।
दशैं अघिदेखि जामको समस्या झनै बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले जानकारी दिए । बाढीको कहर सकिनासाथ सुरु भएका चाडपर्वका कारण कार्गो आउने बाटो र प्रक्रिया प्रभावित भएर जाम बढेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर