नेपाली यू(१९ टोली बंगलादेश जाँदै

नेपाली यू(१९ टोली बंगलादेश जाँदै

- in Sports
47
0
images (1)

कार्तिक ०९ बिहीवार
यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ ।बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ ।नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरुले बंगलादेशमा खेल्ने इच्छा प्रकट गर्दै पत्राचार गरेको र त्यहीअनुसार कार्यक्रम हुने जानकारी आफूलाई आएको बताए ।
खेल क्रिडा शिखा प्रतिष्ठानमा हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।यू १९ एसिया कप क्रिकेट आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुँदैछ । त्यसमा एसियाका टेष्ट खेल्ने राष्ट्रहरुसहित आयोजक मलेसिया र नेपाल सहभागी हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन