चलचित्र “दिवाना मै तोहारको” शुभ मुहुर्त कार्यक्रम

चलचित्र “दिवाना मै तोहारको” शुभ मुहुर्त कार्यक्रम

- in Entertainment
37
0
flim pic

कार्तिक ९, धनगढी
हमार म्यूजिक पहुरा प्राईभेट लिमिटेड दाङको ब्यानरमा बन्न लागेको चलचित्र “दिवाना मै तोहार”को बिहीबार धनगढीमा शुभ मुहुर्त कार्यक्रम गरिएको छ ।
युवा र युवती बिचको प्रेम कथामा आधारित रहेको चलचित्र थारु र भोजपुरी भाषामा निर्माण गरिने चलचित्रका निर्देशक राजकुमार श्रेष्ठले बताएका छन् ।
करिब १० लाखको लगानीमा बन्न लागेको चलचित्र दिवाना मै तोहारका निर्माता शिशीर चौधरी रहेका छन् ।
सुजित रेग्मीले छायाकंन गर्ने फिल्ममा संगत चौधरी, बिरु चौधरी, बिपिन बिबिसी, शिबराज भट्टराई, प्रेम चौधरी, अलिसा चौधरी, हरेन्द्र सिह शाही, कालिका चौधरी, एनआर रिमाल, लबराज पन्त, र डिल्लिसिह थापा मुख्य कलाकारको रुपमा रहेका छन् ।
चलचित्रका प्रचारप्रसार संयोजक गोबिन्द मुखियाले स्वागत मन्तव्य व्यक्त गरेको चलचित्रको शुभ मुहुर्त कार्यक्रममा सेति समाचारका सम्पादक रन्जित लामा, संचारकर्मि नवराज धानुक, प्याब्सन कैलालीका उपाध्यक्ष अम्बिकाप्रशाद आचार्य,सुदुरपश्चिमाचंल कला प्रतिष्ठानका अध्यक्ष राजकुमार जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्तिक अन्तिम सातातिर लुम्बिनीबाट चलचित्रको छायाकंन सुरु हुने भएको छ । नेपालका विभिन्न ठाउँमा छायाकंन हुने र बिशेषगरी थारु समुदायको बाहुल्य बढि भएको क्षेत्रमा गरिने चलचित्र निर्माण समितीले जनाएको छ ।
चलचित्रको शुभ मुहुर्त कार्यक्रममा संचारकर्मि, राजनितिज्ञ, र चलचित्रका कलाकारहरुको उपस्थिती रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन