भारतीय नाकाबन्दीका कारण नेपालले औषधिमा मात्रै २० अर्ब गुमायो

भारतीय नाकाबन्दीका कारण नेपालले औषधिमा मात्रै २० अर्ब गुमायो

- in National
180
0
Nakabandi

२०७४  भाद्र १९

भारतीय नाकाबन्दीका कारण नेपालले औषधि किन्न साविकभन्दा कम परिमाणको औषधिका लागि करिब रू २ अर्ब बढी खर्च गर्नु परेको तथ्य प्रकाशमा आएको छ ।
लन्डनबाट प्रकाशित हुने ‘बायो मेड सेन्ट्रल‘ को एक जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार उक्त रकमले काठमाडौको आधा जनसंख्यालाई एक वर्षसम्म स्वास्थ्य सेवा उपलब्ध गराउने पुग्छ ।
बोस्टन विश्वविद्यालयका अभिषेक शर्मा, नेपाल डेभेलपमेन्ट सोसाइटीका शिवराज मिश्र र बोस्टनकै वारेन काप्लनाले गरेको सो अध्ययनले भारतीय नाकाबन्दीको बेला सेप्टम्बर २०१५ देखि फेब्रुअरी २०१६ सम्मको अवधिमा भारतीय नाकाहरूबाट नेपालले ३ लाख ४३ हजार ८७० केजी औषधि आयात गरेको थियो । अघिल्लो वर्ष सोही अवधिमा नेपालले करिब ४६.५ प्रतिशत बढी अर्थात् ६ लाख ४२ हजार १६३ केजी औषधि आयात गरेको थियो ।
आयात हुने औषधिको परिमाणमा ४६.५ प्रतिशतले कमि आए पनि नेपालले २ अर्ब २३ करोड रूपैयाँ बढी रकम भुक्तान गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर