चर्काे आलोचना भएपछि नेपाल आइडल द्धारा आगामी हप्ता फाइनल भोटिङ निःशुल्क गराउने तयारी

चर्काे आलोचना भएपछि नेपाल आइडल द्धारा आगामी हप्ता फाइनल भोटिङ निःशुल्क गराउने तयारी

- in Entertainment
61
0
download (1)

२०७४  भाद्र १९

पहिला भोटिङ गर्न लगाएर अन्तिममा ‘राउण्ड फोर’बाट चारै प्रतियोगीलाई फाइनल राउण्डमा लैजाने जजको निर्णयपछि विवादमा परेको नेपाल आइडलले आगामी हप्ता फाइनल भोटिङ निःशुल्क गराउने तयारी गरेको छ ।
नेपाल आइडलको टप फोरमा निशान भट्टराई, बुद्ध लामा, प्रताप दास र सागर आले पुगेका थिए । उनीहरुमध्ये तीन जनालाई ग्राण्ड फिनाले अर्थात फाइनल राउण्डमा लैजाने तयारी थियो र एकजना बाहिरिनुपर्ने थियो । यसका लागि गत हप्ता पर्फमेन्स पनि गराइयो । र, आफ्ना प्रतियोगीलाई फाइनल राउण्डमा पुगाउन बढीभन्दा बढी भोट गर्न समेत लगाइयो । तर, अन्तिममा जजहरुले चारै जनालाई ग्राण्ड फिनालेमा लैजाने निर्णय सुनाएपछि भोट गर्नेहरु आक्रोशित बने । करिब ३७ लाख भोट आएको जानकारी नेपाल आइडलले दियो ।
त्यसपछि दर्शक र भोटरलाई झुक्याएर पैसा असुलेको भन्दै सामाजिक सञ्जालमा कडा विरोध र आलोचना सुरु भयो । धेरैले बाढी पीडितसँग जोड्दै ‘प्रधानमन्त्री राहतमा १३ लाख पनि जम्मा भएको छैन्, नेपाल आइडलमा ३७ लाख भोट’ भन्दै आलोचना गरे । यतिमात्रै होइन् तुच्छ र सुन्नै नसकिने शब्दमा पनि गालीको वर्षा भयो । यसरी दर्शक र भोटरको आलोचनाको तारो बनेपछि नेपाल आइडलले भोटरका सकारात्मक कमेन्टलाई सम्बोधन गर्दै भोटिङ निःशुल्क गराउने तयारी थालेको जनाएको छ ।
नेपाल आइडलले आफ्नो फेसबुक पेजमार्फत निःशुल्क भोटिङको बारेमा छलफल भइरहेको जानकारी दिँदै तुच्छ र असभ्य भाषामा गाली गर्नेलाई साइबर क्राइम मुद्दामा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन