ग्लोबल तेक्वान्दो डेमोन्स्ट्रेसनको फाइनलमा नेपाल

ग्लोबल तेक्वान्दो डेमोन्स्ट्रेसनको फाइनलमा नेपाल

- in Sports
73
0
21360794_1957460151192307_1288310802_n

२०७४  भाद्र १९
नेपाली डेमोन्स्ट्रेसन टिमले दक्षिण कोरियामा भएको ग्लोबल तेक्वान्दो डेमोन्स्ट्रेसन फेस्टिभलको फाइनल चरणमा प्रतिस्पर्धा गर्ने भएको छ ।
कोरियाको मुजु शहरमा भएको डेमोन्स्ट्रेसन फेस्टिभलमा उत्कृष्ट ३ भित्र पर्दै नेपालले समापन समारोहमा प्रतिस्पर्धा गर्ने भएको हो ।
विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)को प्रोमोसन फाउन्डेसनद्वारा आयोजित डेमोन्स्ट्रेसन फेस्टिभलमा छनोट भएका कुल १० राष्ट्रमा नेपाल उत्कृष्ट ३ मा पर्दै समापन समारोहका लागि छनोट भएको हो । कुल १२ खेलाडी सम्मेलित नेपाली टोलीले आफ्नो संस्कृतीको गीतमा डेमोन्स्ट्रेसन प्रस्तुत गरेका थिए ।
गत अगस्ट १ देखि सुरु भएको फेस्टिभल ५ सेप्टेम्बरसम्म चल्नेछ । नेपाली डेमोन्स्ट्रेसन टोलीको प्रशिक्षकमा श्याम थापा र तेक्वान्दो प्रशिक्षक राजेन्द्र पुजारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन