नेपाल–भारत मैत्री हाफ म्याराथन दौडः महिला तर्फ नेपाल प्रथम

नेपाल–भारत मैत्री हाफ म्याराथन दौडः महिला तर्फ नेपाल प्रथम

- in Sports
354
0

 

कञ्चनपुर,२३ साउनmarathan
कञ्चनपुरमा नेपाल–भारत मैत्री हाफ म्याराथन दौड प्रतियोगिता भएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा मैत्रीपूर्ण हाफ म्याराथन दौड आयोजना गरेका हुन ।
छिमेकी मुलुकबिचको सम्बन्ध र सीमाक्षेत्रमा बस्ने नागरिकालाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले नेपाल भारत बिच मैत्री हाफ म्याराथन दौड प्रतियोगिता गरिएको सशस्त्र प्रहरी बलका डिआइजी राजेश श्रेष्ठले बताउनुभएको छ । यस्तै भारतीय सीमा सुरक्षा बल एसएसबीका आइजी श्याम सिंहले सशस्त्र प्रहरी बल र एसएसबीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमले नेपाल भारतबिचको सम्बन्धलाई अन्तर्रा्ष्ट्रिय स्तरमा नै अझ प्रगाढ बनाउने बताउनुभयो । प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबकी कान्छीमाया तामाङ प्रथम भएकी छन् । पुरुषतर्फ भारतका कालिदास लक्ष्मण प्रथम भएका छन् ।
यस्तै द्वितिय हुनेमा महिलातर्फ आपूर्ति स्यानी र पुरुषतर्फ लालजी यादव रहेका छन् । यस्तै तृतीय हुनेमा महिलातर्फ एपिएफ क्लबकी फूलमति राना र पुरुषतर्फ नेपाल पुलिस क्लबका भूमिराज राई रहेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई १० हजार भारतीय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
२१ किलो मिटर दूरी रहेको प्रतियोगितामा महिला र पुरुष गरी ९ सय १० जनाको सहभागिता थियो । प्रतियोगितामा नेपालका तर्फबाट १ सय ५ जना सहभागी थिए । त्यस्तै, भारतबाट ७ सय २५ जना सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर