खलिटिल फ्लावरलाई उपाधि, उत्कृष्ट खेलाडीलाई उमाविमा छात्रवृत्ति

खलिटिल फ्लावरलाई उपाधि, उत्कृष्ट खेलाडीलाई उमाविमा छात्रवृत्ति

- in Sports
226
0
download

असार ०५

कञ्चनपुरको बेलौरीमा सम्पन्न विज्डम एस.पि.ए. टी ट्वान्टी क्रिकेटको उपाधि कैलालीको लिटर फलाबर बोर्डिङ हाइस्कुलले जितेको छ।
शनिबार भएको फाइनलमा खेलमा लिटिल फ्लावर सरस्वति माविलाई ४ रनको झिनो अन्तरले पराजित गर्दै लिटिल फ्लावरले उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावरले निर्धा्रित २० ओभरमा सवै विकेट गुमाई ८१ रन बनाएको थियो। जवाफमा सरस्वती मावि ७७ रनमा अलआउट हुँदा उपाधि लिटिल फ्लावरको पोल्टामा गयो।
प्रतियोगिताका उत्कृष्ट खेलाडी लिटिल फ्लावरका रमेश रावतलाई सुदूरपश्चिमाञ्चल एकेडेमी धनगढीले पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने भएको छ।
त्यस्तै रावतको क्रिकेट प्रतिभाको सम्मान गर्दै उनलाई प्रोत्साहन दिन धनगढी क्रिकेट एकेडेमीमा पनि निःशुल्क क्रिकेट प्रशिक्षण गराईने एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए।
प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान सुमित विक तथा उत्कृष्ट बलर विनोद विक र उदयमान खेलाडी अभिशेक उपाध्यायलाई पनि सुदूरपश्चिमाञ्चल एकेडेमीले ५० प्रतिशत छात्रवृत्तीमा अध्ययन गराउने भएको एकेडेमीका निर्देशक समेत रहेका शाहीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन