६६ हजार भोल्टको करेन्ट लागेर बाँचेका कलाकार

६६ हजार भोल्टको करेन्ट लागेर बाँचेका कलाकार

- in Entertainment
215
0
shankar acharya

काठमाडौं, चैत १८ – भद्रगोल टेलिश्रृङ्खलाका निर्देशक शंकर आचार्यलाई धेरै मानिसले हजुर वरिष्ठ, हस् त नमस्कार भनेर चिन्दछन, किनभने यही थेगोले शंकरलाई चर्चित बनाएको छ । तर शंकरलाई तितो सत्यका राज आचार्यको बाबा भनेर चिन्नेहरुको संख्या झनै ठुलो छ । राजका दाजु अर्थात शंकरका जेठा छोरा पनि कलाकार नै छन । त्यसैले, शंकरको परिवार नै कलाकारितामा छ । छोराहरु जस्तै शंकरलाई पनि ठूलो पर्दा र साना पर्दामा बाक्लै देखिन्छ ।
कलाकारहरुको घरका मुली शंकर आचार्य अहिले भद्रगोलको निर्देशन तथा अभिनयमा ब्यस्त छन । हामीले शंकर आचार्यसित ब्यस्तताकै बिच कुराकानी गरेका छौं ।
तपार्इंको बाल्यकाल कसरी बित्यो रु
म चाहिँ खास जन्मेको भनेको काठमाडौंको गोलढुंगामा हो । बालाजुबाट अलिकति माथि । जुन पहिला गोलढुंगा गाविस थियो । अहिले नगरपालिका भएको छ । जुन ठाउँमा म जन्मे त्यहिँ ठाउँमा मेरो बाल्यकाल बित्दै थियो । तर एक दिन म एउटा गम्भीर दुर्घटनामा परें । देवीघाट त्रिशुलीको बिजुली हाम्रो गाउँ हुँदै काठमाडौं ल्याइएको छ । जुन ६६ हजार भोल्टको हाइटेन्सन् लाईन हो । बाल्यकालमा हामी त्यहाँ पोलमा चढेने खेल्ने गर्थ्यौं । एक दिन केटाहरुले मलाई तारमा समात न भने मैंले नि के नै पो हुन्छ होला र भनेर समातें । झ्याप्प करेन्ट लाग्यो । ६६ हजार भोल्टको करेन्टको झड्काले मलाई फाल्दियो । म मर्न चाहिँ मरिन । त्यति बेला नै मरेको भए त यो दुखको भवसागरबाट मुक्ति पाइन्थ्यो ।
करेन्टले फालेपछि म बेहोस भएछु । मलाई उपचारका लागि वीर अस्पताल लगेछन् । जहाँ ६ महिना उपचार गरेपछि मेरो होस आएको हो । एक वर्षपछि म त्यहाँबाट डिस्चार्ज भएर घर गएको थिएँ । मलाई त्यतिखेर बचाउने, मेरो दोश्रो जन्मदाता या मेरो भगवान जो भनौँ त्यतिबेला अन्जनीकुमार शर्मा हुनुहुन्थ्यो । ६र७ पटक मेरो अप्रेसन भएको छ । त्यसलाई पनि म खुसीको रुपमा लिन्छु । सायद त्यो नभएको भए, कलाकारिता क्षेत्रमा आउने थिइनँ होला । गाउँघरतिर यसो गोरु जोत्ने, दाउरा काट्ने पेशातिर पो लाग्थेँ की रु
त्यो दुर्घटनासँग कसरी जोडियो त यो कलाकारिता चाहिँ रु
करेन्ट लागेपछि म गोलढुंगामा नबसेर काभ्रेको पाँचखालमा बस्न थाले । त्यहाँ रहेको समाजकल्याण केन्द्रमा बसेर सर्वमंगला माध्यामिक विद्यालयबाट मैंले एसएलसी दिएको हुँ २०४२ सालमा । अनि म उता गइसकेपछि त्यहाँ एउटा त्यस्तै किसिमको महोल थियो । त्यहाँ बसिन्थ्यो । मेरो कलाकारिता क्षेत्र त्यहिँबाट सुरु भयो । त्यतिखेरका राजा रानी गएका थिए । भाषा अनुसार त सवारी भाको थियो भन्नु पर्ने होला । अनि २०३४ सालमा पुगेका राजा रानीलाई रिझाउनको लागि यसो कार्यक्रममा स्वागत गीत गाएर म कला क्षेत्रमा प्रवेश गरेको हुँ ।
राजारानीको अगाडी गीत गाएपछि तैँले त राम्रो गर्छस् भने साथीहरुले पनि । अनि त्यहाँ विभिन्न मन्त्रीहरु जाने, कहिले डोनरहरु जाने अनि सरहरुले ल शंकर तिम्रो चाहिँ राम्रो पनि छ । तिमीले चाहिँ एउटा गीत पनि बनाउने, एउटा स्वागत गीत पनि चाहिन्छ, उनीहरुलाई हँसाउनु पनि पर्छ एउटा प्रोग्राम पनि गर्नुपर्छ भन्नुहुन्थ्यो । त्यस पछि म चाहिँ हरेक हप्ता एउटा ड्रामा अर्थात नाटक बनाउँथेँ । ड्रामा बनाएपछि हरेक शुक्रबार त्यहाँ ड्रामा देखाउनु पर्थ्यो । विभिन्न वरिपरीका होक्सी, अनेकोट, बालृुवा, जोर पिपुले तिरका सबै मान्छेहरु हाम्रो ड्रामा हेर्न आउँथे । बत्ती थिएन त्यहाँ । तैपनि हामीले हरेक ब्यवस्था गरेर दर्शकहरुलाई हरेक शुक्रबार साँझ ड्रामा देखाउथ्यौँ । त्यहाँ एक जना विदेशी हाकिम हुनुहुन्थ्यो । केटीहरुलाई चाहिँ कलाकारितातिर लाग्न दिनुहुन्न थियो । त्यसैले केटालाई नै केटी बनाएर पनि मैले धेरै ड्रामा गरेको छु ।
करेन्टमा नपरेको भए म त्यहाँ पुग्ने थिएन । म त्यो ठाउँमा नपुगेको भए त्यहाँ त्यो माहोल हुने थिएन । त्यही कारणले सायद म त्यो करेन्टमा पर्नु, बाँच्नु अनि म समाज कल्याण केन्द्रमा जानु र त्यहाँ चाहिँ त्यही किसिमको कलाकारिताको माहोल हुनुलगायतका कारणले म कलाकारितामा लागें । अब कलाकारिता भनेको सिकेर सिकिने कुरा होइन । एक्टिङ सिक्ने भनेको त त्यो त एक किसिमको लाज पचाउने हो । डान्स त सिक्नु नै पर्छ, नसिकी हुँदैन । विभिन्न स्टेपहरु हुन्छन् ।
अहिले चैँ सब ठीकठाक छ रु
हैन, अब यो भवसागर हो । दुःख सकिएको थिएन र म बाँचे भन्छु । ६६ हजार भोल्टमा परेर ८० फिट माथिबाट तल खसेर बाँच्ने मान्छे, तपाईंले नेपालमा मात्रै होइन, विश्वमै हेर्नु भयो भने पनि थोरै होलान् । नेपालमा त कोही पनि छैन । त्यही खम्बामा परेका ४र५ जना मरेका छन् । कोही पनि बाँचेका छैनन् । ११ भोल्टको करेन्ट लागेर मान्छे मरेका छन् । घरमै करेन्ट लागेर मरेका छन् । तर म चाहिँ बाँचे । बाँच्नुको कारण मेरो दुःख नसकिएर पनि हुन सक्छ होला ।
परिवारमा कलाकार नै कलाकार हुँदा कस्तो हुन्छ रु
हैन, कलाकारितामा लागि सकेपछि कहिले मेरो को श्रीमती हुन्छ । कहिले को हुन्छ । कहिले नेगेटिभ रोल गर्दा नारी पात्रको पछि म लागिरहेको हुन्छु । अनि कोही कोही नारी कोही कोही पुरुषहरुलाई के लाग्दो रहेछ भने म पर्दामा जस्तो भूमिकामा हुन्छु, वास्तविक जीवनमा पनि त्यस्तै छु । जसरी त्यो राजलाई दिपक र दिपाश्री निरौलाको छोरा भन्ठान्छन् न त्यसैगरी । अनि घरमा गएर मेरी श्रीमतीलाई भाउजु दाइ कहिले कोसँग कहिले कोसँग देखिन्छन्, तपाईलाई इष्र्या लाग्दैन रु म भए त काटिदिन्थेँ समेत भन्दा रहेछन् । अनि मेरो श्रीमती आफै हाँस्छिन् । त्यो कारणले मेरो छोरा कलाकार म कलाकार परिवारमा कलाकार नै कलाकार हुँदा त रमाईलो हुन्छ नि ।
एउटा कुरा मैले यहाँ भन्नै पर्छ । मेरो लभ म्यारिज हो । मेरो श्रीमतीलाई कलाकारिता क्षेत्र मन नपर्ने । किनकी कलाकारितामा नराम्रो कुराहरु धेरै सुनिने । हुन त हरेक क्षेत्रमा नराम्रो कुरा त भई नै रहेको हुन्छ । लभ परेको बेलामा उनले कि तपाईले कलाकारिता छोड्नुस्, कि मलाई छोड्नुस् भनिन् ।
मैंले एकै सेकेण्ड पनि नसोची भनिदिएँ, मेरो रगतको नशा नशामा कलाकारिता छ । त्यसकारणले म यो क्षेत्र छोड्न सक्दिनँ । तिम्रो र मेरो त्यस्तो नराम्रो कुरा केही भएको छैन । यदि तिमीलाई कलाकारिता क्षेत्र मन पर्दैन भने म भन्दा राम्रो, सम्पन्न, होनहार मान्छे तिमीले पाउँछौ । अहिलेदेखि नै हामी भेटघाट गर्न छोडौँ । विवाह गर्नु पर्ने त्यस्तो बाध्यता केही छैन । तिमी मलाई छोडिदेऊ । तर मै चाहिन्छ, मैसँग जीवन बिताउने हो भने आईन्दा यस्तो कुरा कहिले नगर्नु भने । हाम्रो बिहे भएको २६ वर्ष भयो । आजसम्म हामी दुई जनाले एक सेकेण्ड पनि पछुताएका छैनौँ । राम्रोसँग जिन्दगी चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन