मेरी बास्सैमा फर्किए धुर्मुस सुन्तली

मेरी बास्सैमा फर्किए धुर्मुस सुन्तली

- in Entertainment
502
0
a14c445b5fe5dad3cc1583cf1217ae98_L

काठमाडौं, चैत १८ – मेरी बास्सैमा सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई नदेखिने हो कि भनेर निराश भएका दर्शकलाई खुसीको खबर छ । मिडिया हबसँगको कुरा मिलेपछि धुर्मुस र सुन्तलीले मेरीबास्सैमा हँसाउने पक्का भएको छ ।
आउने भागबाटै दर्शकले धुर्मुस र सुन्तलीलाई पुरानै स्वरुपमा देख्न सक्नेछन् । ‘मिडिया हबमा आर्थिक संकट यथावतै छ । तर मेरीबास्सैका लागि सुटिङ खर्च ब्यहोर्ने र अन्य आर्थिक कुरामा क्लियर भएपछि, हामी फर्केका हौँ’ सितारामले भने ।
झण्डै सात महिना रोकिएर फेरि प्रशारणमा आएको मेरी बास्सैमा प्राय पुरानै कलाकार छन् । यमन श्रेष्ठ भने मेरी बास्सैका लागि नयाँ कलाकार हुन् । आउने भागको कथा बेलायती राजकुरमा ह्यारीको नेपाल बसाईका बारेमा रहेको सिताराम कट्टेलले जानकारी दिएका छन् । हास्यव्यङ्ग्य श्रृङ्खलाको निर्देशन धुर्मुस सुन्तलीले नै गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन