कैलालीको पहलमानपुर स्वास्थ्य संस्थामा एमबुलेन्स सेवा सुचारु

कैलालीको पहलमानपुर स्वास्थ्य संस्थामा एमबुलेन्स सेवा सुचारु

- in banner photos
367
0
12910249_628011670696194_407000907_n

कैलाली,चैत १७ गते, कैलालीको पहलमानपुर स्वास्थ्य संस्थामा एमबुलेन्स सेवा सुचारु भएको छ। मन्त्रालय तथा स्वास्थ्य सेवा विभाग द्धारा कैलालीको पहलमानपुर स्वस्थ्य संस्थालाई एमबुलेन्स सेवा उपलव्ध गराइएको हो। मधेशी जनअधिकार फोरम लोकतान्त्री पाटीको सक्रीय अगुवाईमा उक्त सेवा पहलमानपुरमा दिलाउन सफल भएको जनाईएको छ। लामो समय देखी स्वास्थ्य सेवा दिदै आएको पहलमानपुर ५ आम्बासामा रहेको स्वास्थ्य संस्थामा विभिन्न स्थानबाट धेरै विरामी आउने गरेका छन। धेरै विरामीको उपचार त्यही सम्भव भएपनि जटिल प्रक्रीयाका विरामीहरुलाई उपचारका लागी एमबुलेन्स सेवाले सहजता पुर्यउने पहलमानपुर स्वास्थ्य संस्थाका सिनियर अहेब जगदिश कुश्मीले बताउनु भयो। स्वास्थ्य संस्थामा एमबुलेन्स सेवा सुचारु भएपछि पहलमानपुर बासी हर्षीत भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर