अबको दुई वर्षभित्र नेपालमै रेल

अबको दुई वर्षभित्र नेपालमै रेल

- in National
440
0
raiilmarg

काठमाडौं, चैत १७ ( भारतको जयनगरहुँदै जनकपुर र बर्दिबास जोड्ने रेल्वे निर्माणको काम अहिलेकै गतिमा अघि बढ्ने हो भने अबको दुई वर्ष भित्र नेपालभित्रै रेलको यात्रा गर्न पाइने भएको छ ।
भारत सरकारको सहयोगमा अहिले जयनगर(बर्दिबास रेल्वे निर्माणको काम भइरहेको छ । महुवा कपिलेश्वरदेखि सीमावर्ती इनरुवासम्मको झण्डै २७ किलोमिटरको निर्माण कार्य भारतीय कम्पनी नायक इन्फ्रास्ट्रक्चरले गरेको छ ।
त्यस्तै महुवा कपिलेश्वरदेखि भंगहा बर्दिबाससम्मको २२ किलोमिटरको काम नेपाली कम्पनी कालिका रमण कन्स्ट्रक्शन जनकपुरले गरेको छ । यो काम सन् २०१७ सम्म अर्थात अबको पुससम्म गरिसक्ने लक्ष्य छ ।
नायक इन्फ्राइस्टक्चरले कामको जिम्मा लिएको कपिलेश्वरदेखि सीमावर्ती इनरुवासम्मको काम लगभग अन्तिम चणमा पूगिसकेको छ । नायकले लिक निर्माण, ट्रयाक हटाएर माटो पुर्ने काम, व्याङकेटिङ, कल्भर्ट निर्माणको काम लगभग पूरा गरिसकेको छ भने अब ब्रोडगेज ओच्छ्याउन मात्रै बाँकी छ । त्यस्तै नेपाली कम्पनी कालिका रमणले पनि ४० प्रतिशतभन्दा बढी काम सकिसकेको नेपाल सरकार जनकपुर रेल्वेका सिनियर डिभिजन इन्जिनियर टेकराज बोहराले बताउनुभयो । ‘कालिकाले लिक, ट्रयाक र माटो पुर्ने, व्याङकेटिङ पुलपुलेसा र कल्भर्टको काम गरिसकेको छ’ उहाँले भन्नुभयो ।
त्यस्तै, रेलवेमा पर्ने जग्गाको मुआब्जा वितरण गर्ने काम पनि लगभग सकिसकेको नेपाल सरकार रेल्वे कम्पनी लिमिटेडका इन्जिनियर तथा साइट प्रमुख विनोदकुमार ओझाले बताउनुभयो । ‘धनुषामा ९० प्रतिशत र महोत्तरीमा ८५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ’ उहाँले भन्नुभयो । अहिले सम्म २५ करोड मुआब्जा बितरण गभैसकेको छ । कतिपयको जग्गा रोक्का हुँदा र मुआब्जा लिन नआएका कारण मुआब्जा वितरण गर्न बाँकी रहेको छ ।
सम्पूर्ण कागजपत्र लिएर आउने जग्गा धनीहरुलाई अहिलेपनि जिल्ला प्रशासन कार्यालय पठाई मुआब्जा वितरण भैरहेको छ । सितापुरदेखि बर्दिबाससम्मका केही जग्गा धनीको मुआब्जा दिन बाँकी छ । सरकारले जग्गा अधिग्रहण गरिसकेकाले काम छिट्टै अगाडि बढ्ने देखिन्छ ।
कालिका रमणको तर्फबाट दैनिक एकसय २५ जनाभन्दा बढी कामदारले काम गरिरहेका छन् । कालिका रमणको ठेक्कामा परेको रेलवेमा तीन वटा पुल हाल्नुपर्ने हुन्छ । त्यसका लागि केही ढिला हुनसक्ने कालिका रमणले बताएको छ । ‘नाकाबन्दी र भूकम्पले हामीलाई असर गर्‍यो, काम सक्न ९ महिना मात्र बाँकी छ, तर हामी अबको एक बर्षभित्रमा काम सक्छौ’ कालिका रमणका प्रबन्ध निर्देशक बलराम महतोले भन्नुभयो ।
यो रेल्वे सेवा सञ्चालनमा आएसँगै जनकपुरको रेल जक्शन बर्दिबासमा सारिनेछ भने जनकपुरमा चढ्न ओर्लन र आपतकालिन विश्रामस्थल ९हल्ट० निर्माण हुनेछ । अहिलेसम्म रेल्व निर्माणको काममा कुनै अवरोध छैन । यही गतिमा काम निरन्तर अगाडि बढे अबको दुई बर्षभित्रमा रेल सेवा सुरु हुने सिनियर इन्जिनियर बोहरा बताउनुहुन्छ ।
रेल्वेको काम समयमै सम्पन्न भए रेल चढ्ने इच्छा छिट्टै पूरा हुने बर्दिबासका स्थानीय बासिन्दा दिलिप अधिकारीले बताउनुभयो । यो रेल सेवा विस्तार भएपछि भारतबाट सामान ढुवानी गर्न सहज र कम शुल्क लाग्ने छ भने नेपालीहरुको नेपाल भित्रै रेल चढ्ने इच्छा पनि पूरा हुन्छ ।
भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै विजलपुरा, भंगाहा, बर्दिबास जोड्ने यो रेलमार्गको कुल दुरी ६९ किलोमिटर छ । यसमध्ये जयनगरदेखि विजलपुरासम्मको ५२ किलोमिटरमा २०५८ सालसम्म रेल चल्थे । तर ०५८ सालमा बाढीले पुल भत्काएपछि जयनगरदेखि जनकपुरसम्म मात्र रेल सञ्चालन हुन्थ्यो । तर जनकपुरसम्म मात्रै चल्ने रेलपनि अढाई बर्षदेखि बन्द छ ।
विसं १९९४ मा भारत सरकारको सहयोगमा राम जानकी विवाह महोत्सवको अवसर पारेर जनकपुर—जयनगर रेल्वेको सञ्चालन गरिएको थियो । मर्मत सम्भारको आभावमा जीर्ण भएपछि २०५० देखि २०५३ सालको बीचमा भारतको राइटस नामक कम्पनीले टाट पल्टिइसकेको जयनगर जनकपुर रेल सेवालाई पुनः सञ्चालनमा ल्याएको थियो । तर अहिले रेल पूर्णरुपमा बन्द छ । त्यसबेला अंग्रेजहरुले तराइका काठ भारत सप्लाई गर्न रेल्वेको प्रयोग गर्थे ।
नेपालमा सर्वप्रथम विसं १९८४ मा भारतको सहयोगमा रक्सौल(वीरगञ्ज रेलमार्ग सञ्चालन भएको थियो । भारतको रक्सौलदेखि अमलेखगञ्ज हुँदै वीरगञ्जसम्म्को ४७ किलोमिटर दुरीको यो रेलमार्ग तात्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा सञ्चालनमा आएको हो । नेपाल गभर्मेन्ट रेल्वेको नामले चिनिने यो रेल्वे ४० वर्षसम्म सञ्चालनामा आई त्रिभुवन राजपथ सञ्चालनमा आएसँगै बन्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर