नेपालगञ्जको इन्धन काठमाडौं र पोखरामा

नेपालगञ्जको इन्धन काठमाडौं र पोखरामा

- in National
405
0
Nepalganj-Naka

१६ चैत्र, नेपालगन्ज । भारतीय आयल कर्पोरेशनको रक्सौल डिपोमा ट्याङकी सफाइको काम सुरू भएपछि नेपालगञ्जबाट काठमाडौं र पोखरामा पेट्रोलियम पदार्थ आपूर्ति थालिएको छ ।
काठमाडौं र पोखरामा देखिएको पेट्रोलियम पदार्थको अभाव कम गर्न नेपालगञ्जमा रहेको नेपाल आयल निगम क्षेत्रीय डिपोले तेल पठाउन थालेको हो ।
डिपोले पछिल्लोपटक ४० हजार लिटर पेट्रोल पोखरामा र ६० हजार लिटर पेट्रोल काठमाडौंमा पठाएको जानकारी दिएको छ ।
एक महिनाको अवधिमा काठमाडौंमा पेट्रोल करिब २ लाख लिटर र डिजल ४ लाख ४० हजार लिटर पठाइएको छ । यस्तै पोखरामा १ लाख लिटर पेट्रोल र १ लाख लिटर डिजेल आपूर्ति नेपालगञ्जबाटै गरिएको छ ।
पोखरामा ७० हजार लिटर मटीतेल पनि पठाइएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ । रक्सोल डिपोको ट्याङ्की सफा गर्न एकमहिना लाग्ने भएकाले त्यो बेलासम्म नेपालगञ्जबाट पेट्रोलियम पदार्थ पठाइने आयल निगमका क्षेत्रीय कार्यालयका प्रमुख विनोदमणी उपाध्यायले जानकारी दिए ।
गत वर्षको फागुनमा भन्दा नेपालगन्जबाट यसवर्ष ४० प्रतिशत बढी पेट्रोलियम पदार्थ आयात भएको उपाध्यायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर