महोन्याल सामुदायिक बनमा अग्नी रेखा निर्माण।।

महोन्याल सामुदायिक बनमा अग्नी रेखा निर्माण।।

- in National
365
0
1391504848_DSC01614

चैत्र  १५, २०७२ कैलालीको घोडाघोडी नगरपालिका १३ देबकलिया भगडी टोल स्थित महोन्याल सामुदायिक बन परिसरमा अग्नी रेखा निर्माण तथा सरसरफाई गरिएको छ । बनका अध्यक्ष महेश महतराको अगुवाईमा बनका समिती र स्थानिय उपभोक्ता गरि १५० जनाको सहभागितामा सो कार्य गरिएको हो । गर्मियाम बढेसंगै बनमा लाग्ने डढेलो नियन्त्रण गर्न अग्नी रेखा निर्माण तथा सरसरफाई गरिएको महोन्याल सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष महेश महतराले बताउनु भएको खबर सहकर्मी केशब बोहराले पठाउनु भएको छ ।
मसुरीयाको बढैपुरमा ३ दिने कचहरी नाटय कार्यशाला शुरु ।।
मसुरीयाको बढैपुरमा ३ दिने कचहरी नाटय कार्यशाला शुरुभएको छ । मसुरिया नाटय समुह को आयोजना तथा युवाक्लब समन्वय समीती मसुरियाको सहयोगमा उक्त कचहरी नाटय कार्यशाला सुरु भएको हो । नाटय कार्यशालामा मसुरिया गा.बि.स. का ९ जना युबाहरुको सहभागीता रहेको छ । जसमा सैयाराम चौधरी ,जयन्ती चौधरी,रमेश चौधरी,सरीता चौधरी ,अमीत चौधरी,मोहन चौधरी,शंकर चौधरी,सुनिता चौधरी,दर्गा सापकोटा रहेका छन । उक्त कचहरी नाटय कार्यशालाको सहजीकरण निल कुमारी चौधरीले गरीरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर