सिवाईसी अत्तरिया धनगढी क्रिकेट लिगको फाइनलमा

सिवाईसी अत्तरिया धनगढी क्रिकेट लिगको फाइनलमा

- in Sports
296
0
timthumb

धनगढी, चैत्र ९,सिवाईसी अत्तरिया धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको क्वालिफायरमा क्याम्पस रोडलाई ७ विकेटले पराजित पार्दै सिवाईसी अत्तरियाले फाइनल यात्रा तय गरेको हो।
टस हारेर पहिले ब्याटिंगमा उत्रेको क्याम्पस रोडले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। क्याम्पस रोडका लागि नवौं नम्बरका ब्याट्सम्यान नारायण जोशीले १ चौकाको मद्दतमा सर्वाधिक २३ रन बनाए। त्यस्तै ओपनर सरोज ऐरले १५ तथा सागर भण्डारीले ९ रन बनाए।
पहिलो ओभरको अन्तिम बलमा ओपनर कप्तान रोमन बमलाई ५ रनमा गुमाएको क्याम्पस रोडका ब्याट्सम्यानहरुलाई सिवाईसी अत्तरियाका बलरहरुले धेरैबेर क्रिजमा टिक्न दिएनन्। अत्तरियाका बिनोद भण्डारीले छैटौं ओभरको पहिलो बलमा अर्का ओपनर सरोज ऐरलाई र अन्तिम बलमा क्याम्पसरोडका मुख्य ब्याट्सम्यान सन्तोष भट्टलाई १ रनमै बोल्ड पारेपछि क्याम्पस रोड दबावमा आएको थियो। त्यस्तै १३ ओभरको दोस्रो बलमा अत्तरियाका लोकेश बम९११ रन० र अन्तिम बलमा पारस रावललाई शुन्य रनमै पवेलियन फर्काएपछि क्याम्पस रोडले ठुलो स्कोर बनाउन सकेन्।
सिवाइसी अत्तरियाका प्रेम तामाङ निकै राम्रो लयमा देखिए। प्रेमले ४ ओभर बलिङ गर्दै १ मेडन राखेर १५ रन दिई ४ विकेट लिए। त्यस्तै ज्ञानेन्द्र कुँवर र बिनोद भण्डारीले समान २ विकेट लिएपछि क्याम्पस रोड खेलमा फर्कन सकेन्।
दोस्रो ईनिंगको पहिलो बलमै ललित सिंह भण्डारीले अत्तरियाका ओपनर शैलेश कठायतलाई १ रनमै पवेलियन फर्काएपनि कम स्कोर भएका कारण क्याम्पसरोड सिधै फाईनलमा पुग्नबाट चुक्यो।
सिवाईसी अत्तरियाले १८।१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। प्रेम तामाङले ४० र कप्तान महबुव आलमले ३७ रन बनाए। प्रेमले ५२ बलको सामना गर्दै ५ चौका प्रहार गरे त्यस्तै महबुब आलमले २० बलको सामना गर्दा ३ चौका र ३ छक्का प्रहार गरे।
निकै संघर्ष गरेका क्याम्पसरोडका बलरहरुको कम स्कोरका सामु केही चलेन्। क्याम्पसरोडका ललित सिंह भण्डारी, चन्द्र सावँद र सागर भण्डारीले १(१ विकेट लिए।
खेलका म्यान अफ द म्याच सिवाईसी अत्तरियाका प्रेम तामाङले ५ हजार रुपैंया प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर