लयमा फर्कदै चेल्सी, साउथह्यामप्टन २–१ ले पराजित

लयमा फर्कदै चेल्सी, साउथह्यामप्टन २–१ ले पराजित

- in Sports
269
0
319E491600000578-3467139-image-a-78_1456591396495

काठमाडौं, फागुन १६ एक सून्य गोल अन्तरले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले साउथह्याम्पटनलाई पराजित गरेको छ। इङ्लिश प्रिमियर लिग फुटबल अन्तरगत गएराति भएको खेलमा चेल्सीले साउथह्यामप्टनलाई २–१ ले पराजित गरेको हो। खेलको ४२ औं मिनेटमा साने लङले गोल गर्दै साउथह्यामप्टनलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक सून्य गोल अन्तरले पछाडि परेको चेल्सीले दोस्रो हाफमा भने दुई गोल गर्न सफल भयो।खेलको ७५ औं मिनेटमा चेल्सीका लागि सेस फाब्रिगासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यस्तो खेल सकिन एक मिनेट बाँकी छँदा इभानोविचले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए। यो सिजन खराब सुरुवातबाट लिग सुरु गरेको चेल्सी पछिल्लो समय लयमा समेत फर्किएको छ। जितपछि चेल्सीले २७ खेलबाट ३६ अंकका साथ लिग तालिकाको ११ औैं स्थानमा उक्लिएको छ।समान खेलबाट ४० अंक जोडेको साउथह्यामप्टन लिग तालिकाको सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन