पूर्व–मिस नेपाल जेनिशाले व्यवसायीसँग लगनगाँठो कसिन्

पूर्व–मिस नेपाल जेनिशाले व्यवसायीसँग लगनगाँठो कसिन्

- in Entertainment
403
0
16559

सन् २००९ की मिस नेपाल, भिजे तथा मोडल जेनिशा मोक्तान व्यवसायी दिकेश मल्होत्रासँग वैवाहिक बन्धनमा बाँधिएकी छिन् । वैवाहिक कार्यक्रम आइतबारदेखि नै सुरु भएपनि शुक्रबारदेखि जेनिशा र दिकेश औपचापरिक रुपमा श्रीमान्–श्रीमती भएका हुन् ।

अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा दुलाहादुलही जेनिशा–दिकेससँगको तस्बिर पोष्ट गर्दै लेखेकी छिन्,‘अब औपचारिक रुपमै जेनिशा मेरी बुहारी–जेनिशा मोक्तान मल्होत्रा ।’ फेसबुकबाटै अभिनेत्री कार्कीले जेनिशालाई मल्होत्रा परिवारमा स्वागत गरेकी छिन् ।

प्रियंका दिकेशकी फूपूकी छोरी हुन् । सन् २०१० मा प्रियंकाकै माध्यमबाट दिकेश र जेनिशाको भेट भएको थियो । त्यही बेलादेखि उनीहरुबीच प्रेमसम्बन्ध रहिआएको थियो ।

दिकेश र जेनिशा दुवै एमबिए उत्तिर्ण हुन् । हाल उनीहरु दुवै एकै व्यवसायमा संलग्न छन् । दिकेश सामसुङ मोबाइलको नेपालस्थित आधिकारीक बिक्रेता इन्टिग्रेटेड मोबिलिटी सोलुसन ९आइएमएस० का अध्यक्ष हुन् भने जेनिशा कर्पोरेट विभाग हेर्छिन् । बताइएअनुसार जेनिशा अब मोडलिङबाट टाढै रहनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर