विश्वकै होँचा व्यक्ति चन्द्रबहादुर डाँगीको भोलि सरकारी सम्मानका साथ अन्त्यष्टि गर्ने

विश्वकै होँचा व्यक्ति चन्द्रबहादुर डाँगीको भोलि सरकारी सम्मानका साथ अन्त्यष्टि गर्ने

- in National
364
0
Chandrabahadur-Dangi-Nepal

काठमाडौं, १८ असोज । विश्वकै होँचा व्यक्ति चन्द्रबहादुर डाँगीको सरकारले भोलि मंगलबार सरकारी सम्मानका साथ अन्त्यष्टि गर्ने भएको छ । त्यसका लागि गृह मन्त्रालयले मंगलबार एक बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जलि दिने कार्यक्रम राखेको हो ।
नेपाली कांग्रेसका सांसदद्वय राजु खनाल, बुद्धिराम भण्डारी तथा एमाले सांसद गंगा डाँगी, पारिवारिक सदस्य चतुर्मान डाँगी, दोलखबहादुर डाँगीलगायतको आग्रहमा सरकारले उहाँलाई सरकारी सम्मानकासाथ श्रद्धाञ्जलि दिने भएको छ । सिंहदरबारमा आइतबार गृहसचिव सूर्यप्रसाद सिलवालसँग भएको भेटमा चन्द्रबहादुरका आफन्त र सांसदहरूले मुलुकको नाम विश्वमा चिनाउन सफल चन्द्रबहादुर डाँगीलाई सरकारी सम्मान साथ अनितम श्रद्धाञ्जलि दिन माग गरेका थिए ।
उनीहरूको मागपछि गृहसचिव सचिव सिलवालले भोलि मंगलबार एक बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा चन्द्रबहादुर डाँगीको शव राखेर सरकारी सम्मानका साथ श्रद्धाञ्जलिको कार्यक्रम राखिदिनु भएको हो । यसको चाँजोपाँजो काठमाडौं जिल्ला प्रशासनले मिलाउनेछ ।
चन्द्रबहादुर डाँगीको शवलाई सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओडाएर सम्मानसहित अन्तिम श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको आफन्तहरूले जनाएका छन् । मन्त्रीको समय पनि मिलाउने जिम्मा काठमाडौं जिल्ला प्रशासनले पाएको छ ।
यसअघि पनि कांग्रेस सांसद दीपक गिरी, दाङ कांग्रेसका नेता बमबहादुर डिसी, चन्द्रबहादुर डाँगी प्रतिष्ठानका अध्यक्ष चतुर्मान डाँडी, मानवअधिकारकर्मी चरण प्रसाइँले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी शव नेपाल ल्याउन पहल गर्नुभएको थियो । उहाँहरूकै पहलमा प्रधानमन्त्री कोइरालाले चन्द्रबहादुरको निधनप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गर्नुभएको थियो ।
७५ वर्षीय चन्द्रबहादुर डाँगीका भदौ १८ गते अमेरिकाको अमेरिकम सामुआ टापुमा निधन भएको हो । सर्कसमा नचाउन पुरार्‍याइएका चन्द्रबहादुर डाँगीको शव असोज १६ गते नेपाल ल्याइएको उनका भतिजा दोलखबहादुर डाँगीले जानकारी दिनुभयो । चन्द्रबहादुर डाँगीको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
भोलि मंगलबार दिउँसो एक बजे दशरथ रङ्गशालामा राष्ट्रिय सम्मान दिएपछि चन्द्रबहादुर डाँगीको शवलाई जन्मस्थान सल्यान जिल्ला लगिनेछ । सल्यान जिल्लाको कालीमाटीस्थित शारदा नदीको घाटमा सकेसम्म भोलि मंगलबार नै अन्त्यष्टि गर्ने कार्यक्रम रहेको भतिजा दोलखबहादुरले बताउनुभयो ।
चन्द्रबहादुर डाँगीको ७५ वर्षअघि सल्यान जिल्लाको रामपुर गाविसमा जन्म भएको थियो । सानो कदका चन्द्रबहादुरले नेपालको नाम विश्वमा चम्काउनु भएको छ ।
अविवाहित चन्द्रबहादुर आफन्तका साथ दाङ जिल्लाको पुरनधारा गाविसस्थित रिमखोलीमा बस्दै आउनुभएको थियो ।– विमल योगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर