फिल्ममा मधेस नेक्सस

फिल्ममा मधेस नेक्सस

- in Entertainment
411
0
030920150846521film-600x0

सुशील पौडेल, काठमाडौं भाद्र १७, २०७२( यति बेला मधेस अशान्त छ। तराईबासीहरू आन्दोलनरत छन्। दिनहुँ प्रहरीसग हिंसात्मक भिडन्त भइरहेको छ। राष्ट्रिय राजनीतिबाट सधैं उपेक्षित बनाइँदै आएको भन्दै मधेसी र थारु समुदायहरू यति बेला हक–अधिकारको माग गरिरहेका छन्।

ठयाक्कै यसैगरी स्वदेशी फिल्ममा पनि मधेस र मधेसी चरित्र उपेक्षित रहँदै आएको थियो।

आधा शताब्दी लामो यात्रा तय गरिसक्दा पनि फिल्ममा मधेश मुद्दा नउठाइनु र मधेसले पनि स्वदेशी फिल्मलाई भन्दा भारतीय फिल्मलाई आत्मसात् गर्नु दुर्भाग्यपूर्ण थियो। यति बेला भने सिनारियो फेरिँदै छ। स्वदेशी फिल्ममा मधेस नेक्सस देखिन थालेको छ।

प्रदर्शनरत फिल्म ‘भैरव’ यसको ज्वलन्त उदाहरण हो। निखिल उप्रेती अभिनीत तथा निर्देशित उक्त फिल्मले कथानक पृष्ठभूमि मधेसलाई नै बनाएको छ।

सीमामा हुने गुन्डागर्दी नियन्त्रणका लागि केन्द्रबाट पुगेको इन्सपेक्टर भैरव खरेल नेतृत्वको विशेष टोलीले मधेसमा जातीय राजनीति चर्काइरहेको गुन्डा नाइकेविरुद्ध धावा बोल्छ। सिंगो नेपालका पक्षमा मधेसी जनतालाई एकीकृत गर्छ र मिसनमा सफल हुन्छ।

फिल्ममा मधेस विषय हेपाहामा पर्दै आएको बेला निखिलले भने किन हिम्मत गरे तरु भने, ‘हाम्रा दर्शक भारतीय फिल्म दबंग वा सिंघममा त्यहाँको प्रहरीले देखाएको बहादुरीमा समेत ताली र सिटी फुक्छन् भने हामी आफ्नै प्रहरी दाजुभाइको कथामा देशभक्तिको फिल्म बनायो भने के होला तरु मेरो मनमा यस्तै सोच आयो।

अनि देशभक्तिको कथा मधेसकै पृष्ठभूमिलाई लिएर भन्दा बढी उपयुक्त हुन्छ भन्ने ठानेर यो फिल्म बनाएको हुँ।’

‘भैरव’ ले व्यापारिक सफलता हात पारिरहेका बेला निखिललाई आफूले लिएको निर्णय सही रहेछ भन्ने लागेको छ। सर्लाही स्थायी घर भएका उनले थपे, ‘खास गरी मधेसमा नेताहरूले नांगो नाच नाचिरहेका छन्।

उनीहरूले नै रोपेको जातीयताको बीउ यति बेला घाँटीमा अड्केको माछाको काँडाजस्तो भइरहेको छ। मैले ‘भैरव’ बाट त्यसको उत्तर दिने प्रयास गरेको हुँ।’

तर पनि उनको फिल्म मधेसमा चल्न सकिरहेको छैन। यसबाट केही दुस्खी भएका उनी गृह मन्त्रालयकै अनुरोधमा परिस्थिति अनुकूल नभइन्जेल फिल्म नलगाउनेमा सहमत देखिएका छन्।

भदौ ४ मा रिलिज भएर अझै चलिरहेको ‘होस्टेल रिटर्न्स’ मा जनकपुरको धरमपुरका मुसलमान पात्र रामेश्वर यादव आकर्षणको केन्द्रबिन्दु बने। दर्शकले उनको चरित्र, लवज र गेटअपमा नौलो स्वाद पाए, रुचाए। रामेश्वरको चरित्रमा मधेसी बनेका नाजिर हुसेन यतिसम्म चर्चामा रहे, फिल्मका मुख्य कलाकार नै छायामा परे।

मधेस र मधेसीलाई हेर्ने पहाडी नजर दोषपूर्ण छ। त्यसो त यो कुरो दुवैतर्फ लागू होला। तर पनि फिल्म एकपक्षीय देखिँदा उद्योगललाई नै घाटा भइरहेको छ। निखिलले नै भने, ‘पारिका भोजपुरी फिल्महरूले मधेसबाट ठूलो रकम भारत लग्छन्। हामी आफ्नै फिल्मले त्यहाँका दर्शक रिझाउन सकेका छैनौं।’

तर यति बेला संयोग नै मान्नुपर्छ, एकपछि अर्को गरी रिलिज भएका फिल्मको साझा विशेषता भनेकै मधेस नेक्सस हो। ‘होस्टेल रिटर्न्स’ सँगै पुनस् प्रदर्शनमा आएको ‘रेशम फिलिली’ सहायक पात्र हरिया पनि मधेसकै प्रतिनिसध पात्र हुन्।

उनी नेपाली नै बोल्छन्, तर लवज र हाउभाउमा मधेसी प्रभाव प्रस्टै झल्कन्छ। हरियाको चरित्रमा देखिने कामेश्वर चौरसियाले वास्तविकतामा पनि तराईकै प्रतिनिधित्व गर्छन्। यो फिल्ममा पनि दर्शकको ध्यान खिच्न उनी नै सफल भएका छन्।

फिल्मका अन्य पहाडी चरित्रभन्दा उनको चरित्र पृथक् र नौलो लाग्छ। र, त्यसमा उनले न्याय गरेकाले पनि यो सम्भव भएको मान्न सकिन्छ।

प्रदर्शनमा रहेका उपर्युक्त तीन फिल्मबाहेक चल्ने क्रममा रहेको अर्को फिल्म ‘लभसब’ मा पनि मधेस नेक्सस भेट्न सकिन्छ। प्रोमोमा फिल्मका सहायक पात्र शिशिर भण्डारी पनि मधेसी भूमिकामै देखिएका छन्।

भोला रविदास नामको उक्त पात्र काठमाडौंमा आएर जुत्ता सिउने काम गर्छ। शिशिर भने धादिङका हुन्। उनले आफ्नो चरित्रको फिल्ममा रहेको महत्त्वबारे भने, ‘काठमाडौंमा सामान्य जीवनयापन गर्ने भोला फिल्मको मुख्य चरित्रभन्दा कम छैन। समानान्तर भूमिकामै ऊ छ।’

यसअघि नायक राजेश हमाललाई समेत निर्देशक विजयविक्रम बस्नेतले ‘हात लाग्यो शून्य’ मा मधेसी चरित्रमा लिई कमेडी फिल्म बनाएका थिए। तर त्यस बेला उनको प्रयास नामजस्तै भयो। हमालको मधेसी गेटअप दर्शकले रुचाएनन्।

पछिल्लो समय भने मधेस र मधेसी चरित्रलाई पुनस् फिल्ममा टिप्न थालिए पनि साना भूमिका वा कमेडी पात्रका रूपमा मधेसीलाई प्रस्तुत गर्ने आरोप पनि लागेको छ।

तर फिल्ममा जे जसरी प्रस्तुत गरिएको भए पनि दर्शकको नजरमा भने तिनै पात्र हाईहाई हुन थाल्नु सुखद् नै मान्नुपर्छ। निखिलले अन्त्यमा थपे, ‘खाना खाँदा खुर्सानी टोक्यो भने छुट्टै मजा आउँछ।

मधेसी स्वाद पनि फिल्ममा दर्शकको लागि तडका हो, जसलाई पहाडे दर्शकले समेत रुचाइदिएका छन्।’ ९सुशील पौडेल, काठमाडौं०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर