विश्वकपको सम्भावना कायम राख्न समूहमा चौथो हुने नेपालको लक्ष्य

विश्वकपको सम्भावना कायम राख्न समूहमा चौथो हुने नेपालको लक्ष्य

paras-khadka1

३१ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आगामी वर्ष भारतमा हुने टी-२० विश्वकपमा छनोट हुने नेपालको सम्भावना कायमै रहेको बताएका छन् ।
paras khadka
बुधबार राति भएको खेलमा हङकङसँग ५ विकेटले पराजित भएपछि नेपालको विश्वकप यात्रा कठिन भएको छ ।

तर, कप्तान खड्काले भने नेपालले अब समूहमा चौथो हुन प्रयास गर्ने बताएका छन् । क्रिकइन्फोसँगको कुराकानीमा उनले भने-‘हाम्रो लागि प्रतियोगिता सकिएको छैन । बाँकी दुई खेल जित्न सक्यौं भने चौथो हुन सक्छौं । तर, रनरेट पनि मेन्टन गर्नुपर्छ ।’

उनले नेपाली टोलीले अझै पनि राम्रो क्रिकेट खेल्न नसकेको स्वीकार गरेका छन् । पछिल्लो खेलहरुमा नेपालको ब्याटिङ चल्न नसकेका भन्दै खड्काले भने-आश छ, बाकीँ खेलहरुमा हामीले आफ्नो क्षमता अनुसार खेल्न सक्छौं ।’

पुनरागमन गरेर आफ्नो क्षमता अनुसार खेल्नुको विकल्प नभएको उनले बताए । नेपालले त्यहाँको कण्डिसनमा भिजेर दबावमा पनि खेल्न सक्नु पर्ने उनले बताए ।

चार खेलबाट ३ अंक जोडेको नेपाल समूह एको पाँचौ स्थानमा छ । नेपालले शुक्रबार बलियो टीम पपुवा न्यूगिनीको सामना गर्नेछ भने समूह चररणको अन्तिम खेल शनिबार जर्सीसँग खेल्नेछ ।

समूहको चौथोमा रहन पनि नेपालले बाँकी दुबै खेल जितेर मात्र पुग्दैन, अन्य टोलीको खेलमा भर पर्नु पर्नेहुन्छ ।

आईसीसीको नियम अनुसार समूहको शीर्ष स्थानमा रहेको दुई टीम विश्वकपका लागि छनोट हुनेछ । दुबै टीमको दोस्रो र तेस्रो स्थानमा रहने क्रस प्ले म्याच खेल्नेछन् र त्यसको विजेता पनि विश्वकपमा पुग्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन